काठमाडौ —नेपाली कांग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरूको नाम टुंग्याएको छ ।
कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिट मध्ये १५ जना महिला र ५ जना पुरुषको नाम टुग्याएको छ । आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५ जना महिला चयन गरिएको छ । १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी गरेर सांसद चयन गरिएको छ ।