सोमवार, चैत्र २, २०८२
सोमवार, चैत्र २, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • एनआरएनए अध्यक्षमा डा. हेमराज सर्वसम्मत चयन

एनआरएनए अध्यक्षमा डा. हेमराज सर्वसम्मत चयन

  • सोमवार, चैत्र २, २०८२
एनआरएनए अध्यक्षमा डा. हेमराज सर्वसम्मत चयन

काठमाडौ-   गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डां हेमराज शर्मा सर्बसम्मत चयन भएका छन । काठमाण्डौंमा जारी संघको १२ औं महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन ।
वेलायतस्थित लिभरपुल विश्वविद्यालयमा कार्यरत डा. शर्मा अध्यक्ष पदका लागि प्रमुख दावेदारका रूपमा उभिएका थिए। अध्यक्षका अर्का उम्मेदवार रोबिन शेरचन र रबिन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष बन्ने बाटो खुलेको हो । निर्वाचन समितिले भने औपचारिक घोषणा सोमबार गर्ने जनाएको छ ।

यसअघि संघका सात अध्यक्षमध्ये चार जना प्रतिस्पर्धात्मक निर्वाचनमार्फत चयन भएका थिए भने उपेन्द्र महतो, जीवा लामिछाने र देवमान हिराचन मात्र सर्वसम्मत रूपमा अध्यक्ष बनेका थिए। डा. शर्माको चयनसँगै करिब १३ वर्षपछि पुनः एनआरएनएमा अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व स्थापित भएको होमहाधिवेशनका क्रममा संघको नयाँ कार्यसमितिका अन्य पदहरूमा पनि सहमति जुटेको बताइएको छ । अध्यक्षसहित कुल ६९ पदमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार