काठमाडौ—राजधानी स्थित कमलादी प्रज्ञा प्रतिष्ठानको हलमा एक दिने शिक्षा सुधारका लागि राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार प्रधानध्यापक संघ नेपालले आयोजना गरेको उक्त कार्यक्रम बिद्यालयका प्रधानध्यापक, शिक्षाविद राजनीतिक दलका सांसद, शिक्षा मन्त्रालयका पूर्ब सचिव, शिक्षा अभियान्ता, नेपाल शिक्षक महासंघका प्रतिनिधि शिक्षा मन्त्रालयका पूर्व सचिव लगायतको सहभागीता रहेको आयोजक प्रधानध्यापक संघ नेपालले जनाएको छ.
शिक्षा सुधारका लागि राष्ट्रिय संवाद कार्यक्रममा शिक्षाविद शिक्षाविद प्रधानाध्यापक.डा. बिद्यानाथ कोइरालाले शिक्षा क्षेत्रमा देखिएका चुनौती र सुधार गर्नु पर्ने पक्षको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । शैक्षिक समस्याको सहज निकास, बाल बिकास शिक्षा निकास, ब्याबहारिक तथा प्राबिधिक शिक्षाको निकास, उच्च शिक्षाकाृ निकास लगायत बिषयमा प्रा.डा.कोइरालाले प्रस्तुत गर्नु भएको थियो ।प्रधानध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौत्तमले हाम्रा शिक्षा प्रणाली पुरानो ढा“चामै रहेको र सुधार गर्न आबश्यक देखिएको बताउनु भएको छ । सरकारले शिक्षा ऐन नियमावली बनाएर लागु पर्नु पर्ने गौतमले जोड दिनु भयो । सरकारले सार्वजनिक शिक्षालाई उपेक्षा गर्दै आएको उनको भनाई रहेको छ ।
त्यसै गरि राष्ट्रिय शिक्षा संवाद कार्यक्रम उपस्थित रास्वपाका सांसद धर्म केसी, एमाले सांसद ऐन महर, नेपाली कम्यूनिष्ट पार्टीका सांसद कलावती शर्मा, राप्रपाका सांसद ताहिर अलि, श्रम संस्कृति पार्टीका सांसद आर्यन राई, पूर्व शिक्षा सचिव महाश्रम शर्मा, शिक्षा मन्त्रालयका प्रबक्ता शिब कुमार सापकोटा, लगायत ब्यक्तिले आफनो धारणा राखेका थिए । सोही कार्यक्रमको संचालक प्रधानाध्यापक संघका सचिव मीन अछामीले गरेका थिए भने धन्यवाद ज्ञापन प्रधानध्यापक संघ नेपालका बरिस्ठ उपाध्यक्ष हेरम्बराज कंडेल गर्नु भएको थियो ।प्रधानध्यापक संघ नेपालका प्रबन्ध निर्देशक जगत बहादुर धामीले कार्यक्रमको सहजीकरण र ब्याबस्थापन गर्नु भएको थियो । दुई बर्ष अघि गठन गरिएको प्राध्यापक राष्टिय सञ्जालले शिक्षा सुधारको लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
नया बनेको सरकारले शिक्षा नीति कस्तो बनाउने भन्ने बिषयमा यो प्रिन्सिपल एशोसियसन अफ नेपाल शिक्षा संवाद गरेको छ । त्यसै गरि उक्त कार्यक्रममा प्रधानाध्यापक संघ नेपालका उपाध्यक्ष टिकाराम पाण्डे र कोषाध्यक्ष रिता तिवारीले रुद्राक्षको माला लगाई अतिथीको स्वागत गर्नु भएको थियो ।