मङ्लबार, चैत्र १७, २०८२
मङ्लबार, चैत्र १७, २०८२
  • होमपेज
  • देश
  • आज कोशी बागमती र गण्डकीमा वर्षाको सम्भावना

आज कोशी बागमती र गण्डकीमा वर्षाको सम्भावना

  • सोमवार, चैत्र १६, २०८२
आज कोशी बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौ —देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार