बुधबार, चैत्र १८, २०८२
बुधबार, चैत्र १८, २०८२
  • होमपेज
  • राजनीति
  • नेपाली कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा प्रतिनिधि तोक्यो

नेपाली कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा प्रतिनिधि तोक्यो

  • बुधबार, चैत्र १८, २०८२
नेपाली कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा प्रतिनिधि तोक्यो

काठमाडौ —कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाको बिषयमा गहन रुपमा छलफल गर्न सातै वटै प्रदेशमा प्रतिनिधि खटाएको छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गरेको बिज्ञप्ती अनुसार पार्टी केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ गते सम्पन्न बैठकको निर्णय अनुसार छलफल कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि तोकिएको जानकारी दिए ।

कार्यक्रमको तालिका अनुसार यही चैत २३ गते कोशी प्रदेशको विराटनगरमा हुने कार्यक्रमका लागि डा. डिला सङ्ग्रौला पन्त, चैत २५ गते मधेस प्रदेशको जनकपुरमा हुने कार्यक्रमका लागि फरमूल्लाह मन्सुरलाई तोकिएको छ ।
वाग्मती प्रदेशको हेटौँडामा आगामी वैशाख ७ गते हुने कार्यक्रमका लागि बहादुरसिंह लामा, गण्डकी प्रदेशको पोखरामा यही चैत २७ गतेको कार्यक्रमका लागि देवराज चालिसे, लुम्बिनी प्रदेशको दाङमा चैत २९ गतेको कार्यक्रमका लागि योगेन्द्र चौधरीलाई प्रतिनिधि तोकिएको छ । कर्णाली प्रदेशको सुर्खेतमा आगामी वैशाख ३ गते हुने कार्यक्रमका लागि कर्णबहादुर बुढा र सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गतेको कार्यक्रमका लागि प्रकाश रसाइली स्नेहीलाई प्रतिनिधि तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार