काठमाडौ —यही चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनय दर्ता हुने भएको छ । संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गरिने भएको छ । तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ। चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ । रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।