काठमाडौ —गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गरेको छ । उक्त भेटघाटमा परराष्ट मन्त्री खनालले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डालाई महत्वपूर्ण उपलब्धि मुलक भएको र त्यसलाई कार्यान्वयनमा लैजानु पर्ने बताएका छन ।
गैरआवासीय नेपाली संघ अध्यक्ष डा. शर्माले बिदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदान पुर्याउन सक्ने क्षमता राख्छन् र त्यसका लागि सहजीकरण आवश्यक रहेको बताएका छन । गैरआवासीयनेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारी साधन, राष्ट्रिय परिचयपत्र तथा मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने अध्यक्षले जोड दिएका छन ।
आर्थिक समृद्धिका लागि विदेशस्थित नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सानातिना लगानीभन्दा देशलाई रूपान्तरण गर्ने ठूला परियोजनामा सहकार्य आवश्यक छ रहेको अध्यक्ष डा. शर्माले भनाई राखेका छन ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफ्नै स्रोतबाट सहज तरिकाले काम गर्न सक्ने भए पनि समृद्ध नेपाल बनाउन ठूला लगानी, ज्ञान, सिप र प्रविधि आवश्यक पर्ने बताएका छन ।गैरआवासीय नेपाली संघ खनाललाई बुझाएको पत्रमा गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन, सम्बन्धित ऐन संशोधन, वंशजको नागरिकताको निरन्तरताका लागि संविधान संशोधनलगायतका माग राख्दै दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना, विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने लगायतका विषयमा उल्लेख गरिएको छ ।तस्विर गैरआवासिय नेपाली संघ ।