काठमाडौ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को कल्याण विभाग प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई नियुक्त भएकी छन । एनआरएनएले अन्तर्राष्ट्रिय समन्वय परिषद् ( आइसिसि ) ले २०२५–२०२७ कार्यकालका लागि कल्याण विभागको प्रमुख पदमा राई लाई नियुक्त गरेको छ । आफूले पाएको जिम्मेवारी संगै विदेशमा रहेका नेपालीहरूको हक, हित र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई छ ।विश्वभरका एनआरएन समुदाय, क्षेत्रीय संयोजकहरू तथा सरोकारवालाहरूसँग सहकार्य गरेर विदेशमा रहेका नेपालीहरूको आवाजलाई सशक्त बनाउने राईले प्रतिबद्धता गरेकी छन । राईले नेपालीका लागि, नेपालीद्वारा भन्ने साझा दृष्टिकोणलाई अघि बढाउँदै संगठनको उद्देश्य प्राप्तिमा सक्रिय भूमिका खेल्ने बताउनु भएको छ ।