बिहिबार, चैत्र २६, २०८२
बिहिबार, चैत्र २६, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिका र इरानबीच दुई साताका लागि युद्धविरामको सहमति

अमेरिका र इरानबीच दुई साताका लागि युद्धविरामको सहमति

  • बुधबार, चैत्र २५, २०८२
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविरामको सहमति

काठमाडौ — अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने  सहमति भएको छ। अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम र होर्मुज सुरक्षित मार्ग उपलब्ध गराउने सहमति भएको छ । होर्मुजबाट व्यापारिक जहाजलाई निर्वाधरूपमा आवतजावत गर्न दिने सर्तमा ट्रम्पले दुई साताको युद्धविराम प्रस्ताव स्वीकार गरेको बिबिसीले जनाएको छ ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानविरुद्धका आक्रमणहरू रोकिएमा आफूहरू पनि लडाइँ अन्त्य गर्न तयार रहेको बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्पले समयसीमा तोक्दै सहमति नभए ‘आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुने’ चेतावनी दिएका थिए । यस संकटमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले ‘कूटनीतिलाई स्थान दिन भन्दै ट्रम्पलाई आफ्नो समयसीमा दुई साता थप्न आग्रह गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार