काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाल स्थित विभिन्न देशका कुटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँग सामूहिक संवाद गर्नु भएको छ ।बुधबार प्रधानमन्त्री शाहले भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघ राजदूत देशका कुटनीतिक नियोग प्रमुख तथा राजदुत सित सामुहिक छलफल गरेका हुन । उक्त भेटमा कुटनीतिक नियोग प्रमुख तथा राजदूतले प्रधानमन्त्री शाहलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका छन ।
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहो¥याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउने आवश्यकतामाजोड दिएका छन । प्रधानमन्त्री शाहले शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ ।छलफलमा प्रधानमन्त्री शाहले विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्ध जस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन नेपाल सरकार इच्छुक रहेको बताउनु भयो ।
विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको बारेमा प्रधानमन्त्रीले जोड दिएका छन । सोही भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, लगायत अधिकारीहरूको उपस्थित रहेको थियो । तस्विर प्रधानमन्त्रीको कार्यालय