शनिबार, चैत्र २८, २०८२
शनिबार, चैत्र २८, २०८२
  • होमपेज
  • जलवायु परिर्वतन
  • चैतमा परयो हुम्लामा हिउँ

चैतमा परयो हुम्लामा हिउँ

  • बिहिबार, चैत्र २६, २०८२
चैतमा परयो हुम्लामा हिउँ

हुम्ला—हिमाली जिल्ला  हुम्लामा चैतमा हिउँ परेको छ । मौसममा बदलिई भई बुधबार देखि बेशीमा बर्षा संगै हमाथिल्लो क्षेत्रमा हिमपात भएको छ ।हुम्ला सिमकोट बजार क्षेत्रमा हल्का हिमपात भएको छ । नाम्खा गाउपालिका क्षेत्रमा पनि हिमपात भएको छ । चैत अन्तिम साताको हिमपातले हुम्ला सिमकोट क्षेत्रका वारिपारिका हिमाल पहाड बन जंगल सेताम्य र रमणीय देखिएका छन ।वन क्षेत्रमा फुलेका लालीगुरास फुलहरुमा  हिउँलेढ पक्क ढाकेको छ । बेमौसममा जस्तो देखिए पनि यो हिमपातले जेठासी बाली (जौ, गहु र उवा) का लागि अमृतको काम गरेको स्थानीय किसानहरू बताउछन्। लामो समयको खडेरीले गर्दा सुक्न लागेका बालीनाली र भर्खरै लगाइएका स्याउका बिरुवाहरूका लागि यो वर्षा र हिमपात निकै लाभदायक भएको छ ।
सिमकोट गाउपालिकाका एक स्थानीय किसान भन्छन्, यसपालि हिउ“दमा हिउँ नपरेर बाली सखाप हुने डर थियो, चैतको या बर्षा र हिउँले अब केही राहतको महसुस भयो । किसानहरुले कार्तिके अन्नबाली लगाउने समयमा बर्षा र हिमपातले बाली सप्रिने आसा पलाएको छ ।बिगत बर्षहरुमा मंसिर पुस र माघमा अत्याधिक हिमपात हुने हुम्लाको माथिल्लो क्षेत्र जलवायु परिवर्तनका कारण हिउँ पर्न कमी आएको स्थानीय बताउछन । मुगु जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र बेशीमा बर्षा भएको छ । खडेरी जौ गहु बाली ओइलाउदै गएको अबस्थमा हिमपात र बर्षाले राहत भएको छ । हिमपात र बर्षाले जडिबुटी उत्पादनमा राम्रो हुने मुगु माग्री गाउ“का स्थानीय सोनाम तामाङले बताए । तस्विर अर्जुन महत्तारा हुम्ला ।।

चर्चामा

सम्बन्धित समाचार