काठमाडौ —राष्टिय स्वतन्त्र पार्टी रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ । रास्वपाले सर्मथन गर्ने भएपपछि श्रम संस्कृति पार्टी बाट समानुपातिक सांसद २५ वर्षीय रुबि कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन । राप्रपाबाट सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन । रुबिलाई प्रमुख प्रतिपक्ष दल कांग्रेसले पनि समर्थन गर्ने भएको छ । उम्मेदवारी दर्ता आज ११ बजे देखि दिउसो २ बजे सम्म समय तोकिएको छ ।