काठमाडौ —उपसभामुखको निर्वाचन आज हुने भएको छ । आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची छ । उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की समानुपातिक सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद रुवी कुमारी ठाकुर बीच प्रतिस्पर्धा हुने भएको छ । श्रम संस्कृति पार्टीकी रुबिलाई सत्तारुढ दल रास्वपाले समर्थन गर्ने भएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले पनि रुबिलाई समर्थन गरेका छन । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा पार्टीको एक्लै १८२ मत छ । श्रम संस्कृति पार्टीकी २५ बर्षिय रुबिलाई रास्वपाले मतदान ग¥यो भने उपसभामुखमा उनी निर्वाचित हुने निश्चित देखिएको छ ।