काठमाडौ —प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद २५ बर्षिय रुबि कुमारी ठाकुर निर्वाचित भएकी छन । आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी छन उपसभामुख पदका लागि प्रतिनिधि सभामा आज भएको मतदानमा रुबिको पक्षमा २ सय २९ मत परेको छ । राप्रपाकी सरस्वती लामाको पक्षमा ५ मत र तटस्थमा २२ मत तथा मतदानमा २ सय ५६ सांसद सहभागी थिए ।