मुगु—हिमाली जिल्ला मुगु सोरु गाउँपालिकाको कालै स्थित बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिता कुमारी शाही यतिबेला स्थानीय महिलाहरूका लागि आशाको केन्द्र बनेकी छिन ।भौगोलिक विकट र यातायातको सहज पहुँच नभएको त्यस क्षेत्रमा सरिताले बिगत लामो समय देखि आमा र बच्चाको ज्यान बचाउन पु¥याएको योगदान प्रति गाउ“लेको प्रशंसाकी प्रेरणादायि बनेकी छन ।
मानव अधिकार तथा वातावरण बिकास केन्द्र हेरेण्डेक र ब्याकटु लाईफको आर्थिक सहयोगमा निर्माण गरिएको जिमा सिप गाउ“को बर्थिङ सेन्टरमा कार्यरत रहि उनले करिव ६ बर्ष सम्म गर्भवती तथा सुत्केरी आमाहरुको निरन्तर सेवा दिएकी छन ।हिमाली दुर्गम क्षेत्रमा भरपर्दो प्रसुती सेवा अभावले अकालमा ज्यान गुमाउन बाध्य भएका सुत्केरी महिलालाई संस्थाको सहयोग र सरिताको सेवाले ज्यान सुरक्षित बनेको छ ।
साधन श्रोत र जनशक्ति अभावका बाबजुद उनी त्यस क्षेत्रका गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुती सेवा प्रदान गर्न अहोरात्र खटिरहिन । जागिरको सवाल भन्दा पनि आमा र बच्चाको ज्यान बचाउन गरेको कार्य प्रति त्यहा“का महिलाहरुले उनलाई निकै प्रशंसा गर्ने गरेका छन ।सिप गाउकी वडासदस्य गोबिन्दा बिष्टले भनिन ‘सरिता मेडम हाम्री भगवान हुन । यहा“की गर्भवती आमा, दिदी बहिनीलाई धेरै निकै सेवा दिइएकी छन ।
रातदिनको उनको सेवाले हामी महिला खुशी छौ उनले सुनाइनपहिले यहा“ अकालमा सुत्केरीले ज्यान जाने गथ्र्यो अहिले सरिता मेडम आमा र बच्चाको ज्यान बचाई दिएकी छन । स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको अभावका बाबजुद पनि उहाँको कुशलताले गर्दा धेरै जटिल अवस्थामा पनि सफल सुत्केरी उपलब्ध भएको स्थानीय महिलाको भनाई छ ।
सेवामा कार्यरत ६ बर्षको अवधिमा सरिताले जिमा, सिप बर्थिङ सेन्टरमा ४ सय ६९ जना महिलालाई सुरक्षित सुत्केरी गराएकी छन । त्यसै गरि १२०० जना गर्भवतीको स्वास्थ्य चेकजा“च गर्न सफल भएकी छन ।उक्त प्रसुती सेवा केन्द्र बाट करिव ६ सय जना सुत्केरी महिलालाई चार पटक स्वास्थ्य चेकजा“च गरेकी छन । सिमित प्रसुती गृहमा सेवा लिन आएका गर्भवती महिला मात्र नभएर बिकट गाउ बस्तीमा पुगेर सरिताले महिलाहरुलाई प्रसुती सेवा बारेमा जनचेतना अभिबृद्धि गराएकी छन ।घरमा सुत्केरी हुदा आमा र शिशुको ज्यान असुरक्षित हुन्छ प्रसुतीगृहमा जादा ज्यान सुरक्षित हुन्छ भनेर भनेर महिलालाई जनचेतना अभिबृद्धि गराएकी छन ।
त्यसै गरि उनले बिद्यालय स्वास्थ्य कार्यक्रम अन्त्र्रगत बिद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि जनचेता घरदैलो भेटघाट जस्ता सेवा गरेकी छन । गाउमै सुरक्षित सुत्केरी हुन पाउदा तिनी महिलाहरु उनी प्रति निकै खुशी छन । पहिले त्यहा“ प्रसुती सेवा केन्द्र नहुदा गर्भवती महिलालाई कि त घरमै असुरक्षित सुत्केरी हुनु पर्ने कि त एक दिन टाढा जिल्ला अस्पताल ठिनी पुग्नु पर्ने अबस्था थियो ।यहा प्रसुती केन्द्र बनेर सरिता मेडम आए देखि गर्भवती महिलालाई धेरै राहात भयो आमा र शिशुको ज्यान बच्यो स्थानीय डबल बिष्टले सुनाए । उनी करिव ६ बर्ष जिमा सिप बर्थिङ सेन्टरमा बसेर सुत्केरी महिलाहरुलाई सेवा दिइन बिष्टले बताए ।
गत कार्तिक महिना संस्थाको नियम अनुसार उनलाई कालै बर्थिङ सेन्टरमा खटाएको छ ।
पिठियूमा बच्चा बोकेर पनि उनी कालैमा सुत्केरीको सेवा प्रति सरिता समर्पित छन । कालैमा आए देखि उनले १० जना महिलालाई सुत्केरी गराइ सकेकी छन । कालै, खनाया, सिडडी गाउ“का गर्भवती महिला सुत्केरी हुन बर्थिङ सेन्टरमा आउने गरेका छन ।
पहिले करिव ७५ प्रतिशत भन्दा बढी महिला घरमै सुत्केरी हुने गर्थे अहिले सबै गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउछन सरिताले बताइन । गर्भ चेकजाच गर्न पनि महिला आउने गरेको उनको भनाई छ ।दुर्गममा अनेक कठिनाईका बाबजुद सुत्केरीलाई सेवा दिइरहेको सरिताले भनिन ‘‘टाढा टाढा गाउ बाट राति सुत्केरी हुन आउछन उठेर सेवा दिनु परेको छ‘‘ अहिले घरमा सुत्केरी हुने महिलाको संख्या न्यून छ उनले बताइन ।गाउँमा कोही सुत्केरी व्यथाले छटपटाउँदा सबैको मुखमा सरिता सिस्टरकै नाम आउँछ कालै गाउकी एक स्थानीय महिलाले भनिन ‘‘उहाँको सेवाले गर्दा यहा“का महिला उनलाई देउता सरह मान्ने गरेका छन, ।
बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाले यातायात खर्च बाफत ३ हजार, प्रोत्साहन बाफत ८ सय र प्रदेश कोसेली बाफत २ हजार ५ सय रुपैया“ पाउने गरेको सरिताले बताइन । उनले भनिन ‘‘यो सुबिधाले गर्दा पनि गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने गरेका छन, मुगुको कालै जस्ता दुर्गम ठाउँमा बसेर उनले पु¥याएको यो सेवाले राज्यको स्वास्थ्य प्रणालीलाई गाउँ–गाउँमा पु¥याउन मद्दत गरेको छ ।
संघीय सरकार प्रदेश सरकार स्थानीयतह र सरोकारवाला निकायले यस्ता समर्पित कर्मचारीको मनोबल उच्च राख्न थप प्रोत्साहन र सुविधामा ध्यान दिन आबश्यक देखिएको सोरु गाउ“पालिका—७ का वडाअध्यक्ष जयपुर बिष्टले बताए ।हिमाली मुगु जिल्लाको चारवटा स्थानीयतह छाया“नाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम कार्मारोङ गाउ“पालिकास्तरमा मानव अधिकार तथा वातावरण बिकास केन्द्र हेरेण्डेक र ब्याकटु लाईफको सहयोगमा १८ वटा सुबिधायुक्त बर्थिङ सेन्टर निर्माण गरि संचालन गरिएको छ ।उक्त बर्थिङ सेन्टरले गर्दा दुर्गम बिकट बस्तीमा बसोबास गर्ने पिछडिएका दलित तथा बिपन्न गरिव महिलाहरुलाई प्रसुती सेवामा सहज भएको छ ।
सरकारले हिमाली दुर्गम क्षेत्रमा जोखिममा परेका सुत्केरी महिलालाई हवाई उद्दारको पनि ब्याबस्था गरेको छ ।