बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • समाचार
  • हिमाली भेगमा चौरी पालन घट्दै

हिमाली भेगमा चौरी पालन घट्दै

  • आइतवार, बैशाख ९, २०८१
हिमाली भेगमा चौरी पालन घट्दै

 

 

क्याराभान खबर
जिल्लामा पछिल्लो समयमा हिमाली जिल्लामा चौरी पालन ब्यासाय घटदै गएको छ । बुढापाकाहरुले चौरीलाई बिशेष प्राथमिकता दिएर पाल्ने गरेको भएपनि अहिलेका युवापुस्ताले चौरी पाल्न छोडेका छन ।पढाई लेखाई गरेर कोही जागिर त कोही पैसा कमाउन बिदेशीमा जान थालेपछि हिमाली भेगको चौरीपालन घट्दै गएको मुगु जिल्ला स्थित मुगुम कार्मारोङ गाउ“पालिका प्रमुख छिरिङ क्याप्ने लामाको भनाई छ ।

बिगत बर्षहरुमा मुगु गाउ का प्रति घरपरिवारले ५० देखि ६० वटा चौरी पाल्ने गरेपनि हिजोआज एक घरमा बढी ४० वटा चौरीको संख्या देखिन थालेको छ ।

बिगत बर्षहरुमा मुगु गाउ“का प्रति घरपरिवारले ५० देखि ६० वटा चौरी पाल्ने गरेपनि हिजोआज एक घरमा बढी २० वटा चौरीको संख्या देखिन थालेको छ ।
ध्यू प्रतिमाना ९ सय रुपैया मुल्य पर्ने गरेपनि दुध दुहुननै कठिन हुने मुगु गाउका तामाङ जातिको भनाई छ । चौरीको दुध बाट महि छुर्पी बन्ने गरेपनि भएपनि अहिले सम्म बन्न सकेको छैन ।

चौरीको पुच्छर र छाला पनि मह“गो मुल्यमा बिक्री हुने गरेको छ । चौरीको फुर्के अर्थात माथि सेता तल कालो भएको पुच्छर करिव २५ हजार मुल्यमा बिक्री हुने गरेको छ । चौरीको पुच्छर नेपाली बजारमै मह“गोमा बिक्री हुने गरेको छ । समान्य पुच्छरको ४ हजार देखि ५ हजार सम्म बिक्री हुने गरेको छ । घर पालुवा जनावर मध्ये चौरी उच्च हिमाली बस्तीमा जन्मिने र हुर्किने गरेको छ । पाटन क्षेत्रमा उम्रिने यार्चा चुन बुकि चौरीले खाने गरेको छ ।
हिमालतिर उक्लिएका चौरीले पानीको सट्टा हिउ पनि खाने गरेको छ । मुगु र डोल्फू गाउ“का स्थानीयले चैत बैशाख महिना देखि चौरीलाई पाटनतिर लगाउने गरेका छन । चर्न लेकतिर लगाएका चौरी मंसिरमा गाउ“तिर फर्किने गरेका छन । करिव ८ महिना चौरी लेकतिर चर्ने गरेको छ ।
घा“स खोज्दै समुद्री सतह देखि ४ हजार ५ सय मिटर उचाई देखि ५ हजार ५ सय मिटर उचाइमा चौरी पुग्ने गरेको छ । गाई,भैसी,घोडा भन्दा चौरी पाल्न समस्या छ गोठमा नबस्ने र पाटनतिर चराउन लगाउदा हिमपहिरो परेर मर्ने हुदा स्थानीयले चौरी पाल्न जोखिम खेप्नु परेको छ ।

चर्चामा

सम्बन्धित समाचार