
क्याराभान
कर्णालीमा पुख्र्यौली सांस्कृति र परम्परागत पहिरन हराउदै जान थालेका छन । संरक्षणको अभावमा झोडा गित, देउडा, रतेउली, मागल, धारु, छैटी, आरती, हुड्के नाच, बालो चम्फा नाच लगायत दर्जनौ मुगेली परम्परा बोकेका सांस्कृतिक क्षटा र भाकाहरु लोप हुदै गएका छन । कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र सांस्कृति हराउदै गएको कलाकर्मीको भनाई छ पश्मिेली सांस्कृति र शहरी क्षेत्रको पहिरनले यहाको पुख्र्यौली सांस्कृति र पहिरन ओझेलमा परेको देउडा गायक कल्से नेपालीको भनाई छ । पछिल्ला पुस्ताका युवा यूवतीहरु बजारमा निस्केका आद्युनिक गीत लोकगीत गाउने र त्यसैको पछि लाग्दै नाच्ने हुदा, हाम्रो पालामा गाइने झोडा, मागल, धारु, रतेउली, छैटी, बालो, आरतीहरु हराउन थालेको उनको भनाई छ । बिगतमा बन पाखाहरुमा गुञ्जिने देउडा गित, ठाडी भाका, सवाल जवाफमा गाइने होस या लयमिलाएर गाइने भाका आजभोली एका देशका कथा जस्तै हुन थालेका छन ।
हराए पोशाक
एक दशक यता मुगुका गाउ बस्तीहरुमा मलिलाले लगाउने गुन्यू चोली र पुरुषले लगाउने दौरा सुरवाल हराउदै गएका छन घरेलु उत्पादित ठेटुवाबाट निर्मित कपडाहरु पाउन छोडे पछि परम्परागत पोषाक लोप भएका हुन ।बजारमा बिदेशी उत्पादित कपडाको आयात बढ्न थालेपछि जिल्लमा परमपरागत पोषाक हराउन थालेको स्थानियको भनाई छ । स्थानिय बिभिन्न देउडा गीत र पोशाक संरक्षणमा जुट्नु पर्ने बुढा पाका बताउछन । कपडा ठेटुवा उत्पादनका लागि गाउ“मा कपास खेती सुरु गरेको सोरु गाउँपालिका–३ का लालु धामीले बताए । कपास खेती उत्पादनमा जोड दीने र उत्पादन बढाएर ठेटुवाका पोषक बनाउनमा जोड दिने उनको भनाई छ ।
बज्नै छाडे बाजा
पछिल्लो समय पंचे बाजा पनि लोप हुन थालेका छन । बढ्दो आधुनिकीकरण र संरक्षणको अभावमा पंचेबाजा संकटमा परेका हुन । बिबाह, ब्रतबन्ध, देबताको पूजापाठ,उत्सवमा बजाइने लोक प्रिय बाजा सहनाइ आजभोली सुनीन छाडेको छ ।
४० बर्षको हुँदा ५ हजार ५ सय हालेर जुम्ला बाट किनेर ल्याएको सहनाइ बाजा अहिले सम्म बजाइ राखेको खत्याड १० ह्याङलु गाउका ६० बर्षिया गजसिं नेपालीले बताए । पछिल्लो पुस्ताका कसैलेपनि सहनाइ बजाउन लाज मान्ने गरेको उनको भनाई छ । आफ्नो छोरालाइ समेत धेरै चोटी बजाउन सिकाए बजाउनै मान्दैन बाउबाजेले बजाउदै आएको बाजा कृति हराउन लाग्दा साह्रै चिन्ता उत्पन्न भएको उनले सुनाए ।
पुराना गहना लुक्दै
पुरा पहिचानका गहना गाउ“घरमा देखिन छोडेका छन । गाउबस्तीमा बस्ने ६० , ७० बर्षका हजुरआमा संग बिरलै भेटीने गर्छन । आज भन्दा ३०, ४० बर्ष पहिले गाउ“ बस्ती तिर सबै खाले महिलाले पहिरीने चा“दीबाट बनेका पुराना गहना खुट्टामा लगाइने कल्ली र पैरा हातमा लगाउने बाला, घाटीमा सानी माला, ठूलीमाला, सांला, मुगा माला, डुरी, ढुङ्ग्री, कालो, पहेलो, सेतो पोत्याहरु, कपुर्ने माला लगायतका पुराना पहिचानहरु कसैसंग नभएको स्थानीयको भनाई छ । अहिलेका आद्युनिक महिलाको शब्द शब्दमा रानी हार, मंगलशुत्र, झुम्का, रिङ्, छट्केतिलहरी, चन्द्रमा लगायतका आद्युनिक गहना सबैको नजरमा रहेको ले परम्परागत शैलीका गहना लोपहुने अवस्था पुगेको छ ।
हुड्के नाच हरायो
परमपरागत मागी बिबाहका अवसरमा गाउँघरतिर नाच्ने हुड्के नाच लोप हुने अवस्थामा पुगेको छ । मागी बबिाहको चलन घट्दै गएपछि हुड्केनाच लोप हुन लागेको हो
आज भन्दा १०, १५ बर्ष पहिला मंसिर र माघ महिना तिर गाउँघरमा बिहेका पंंचेबाजा खुब सुन्न पाइन्थे र हुड्केहरुलाई पनि भ्याइ नभ्याइ हुन्थ्यो आज भोली मंसिर गएको पत्तो समेत हुदैन, खत्याड गाउपालिका का हस्तमान नेपालीले बताए । मागी बिहे हुदाँ पंचे बाजामा पर्ने दमाया, सहनाइ, नरसिंह, ढोल, ताल र हुड्को लगायतका बाजा बजाएर बेहुलाको घरबाट बेहुलीको घर तिर बाजा बजाउदै, नाच्दै, गाउदै जाने र बेहुलीको घर पुगेपछि थप बाजा बजाउने अनि हुड्के नाच्न,े गाउने चुट्किला भन्ने परम्परा थिया ।