बुधबार, पुस १७, २०८१
बुधबार, पुस १७, २०८१
  • होमपेज
  • समाचार
  • कर्णालीको जडिबुटी भारततिर निर्यात

कर्णालीको जडिबुटी भारततिर निर्यात

  • शनिबार, बैशाख १५, २०८१
कर्णालीको जडिबुटी भारततिर निर्यात

 

क्यारभान खबर–कर्णाली प्रदेशको हिमाली जिल्लामा उत्पादन हुन बिभिन्न प्रकारका जडिबुटी प्रशोधन केन्द्र अभावले भारततिर निकासा हुने गरेको छ । मुगु, हुम्ला, जुम्ला, डोल्पा, लगायत हिमाली जिल्लाको बन क्षेत्रमा संकलन गरिने अमला, काँकडरिलो, अत्तिस, चिराइतो, बाँझब्रोक्रा कटुकी, गुच्ची च्याउ, लगायत जडिबुटी, कुरिल्लो, जटामसी, डालेचुक, सुनपाती, शिलाजीत, सुगन्धवाल, सतावरी लगायत ७५ किसिमको जडिबुटी प्रशोधनको समस्याले भारत निकासी हुने गरेको पाइएको छ ।
मुगु र डोल्पाको पाटन क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बु पनि भारत र तिब्बत तर्फ निकासा हुने गरेको छ । ब्यापारीले स्थानीय बाट उक्त जडिबुटी संकलन गर्ने र बिक्री लागि भारत र तिब्बततिर लैजाने गरेका छन । जडिबुटीको भण्डारको रुपमा चिनिएको कर्णालीमा जडिबुटी प्रशोधन केन्द्र नहु“दा उत्पादन जडिबुटी भारततिर निकासी हुने गरेको नेपाल जडिबुटी ब्याबसायि संघका अध्यक्ष मेलबहादुर शाहीले बताए । सरकारले कर्णालीमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न आबश्यक देखिएको उनको भनाई छ
कर्णालीमा मात्रै १ सय ४५ प्रकारका जडिबुटी पाइने गरिएको भएपनि प्रशोधन केन्द्रको अभावले उक्त जडिबुटी जिल्ला सदरमुकाम हुदै सुर्खेत नेपालगञ्ज भएर रुैपडिया बाट भारत बहराइन, दिल्ली कल्कत्ता पुग्ने गरेको छ । उत्तम हावापानी र अनुकुलन जलबायूका कारण कर्णाली क्षेत्रमा जडिबुटीको भण्डारणको रुपमा चिनिएको भएपनि प्रशोधनको अभावले बहुमुल्य जडिबुटी कौडीको भाउमा बेच्नु परेको स्थानीयको भनाई छ ,।
सरकारी एक तथ्याङ्क बमोजिम बार्षिक रुपमा ११ हजार ७ सय मेट्रिकटन जडिबुटी कर्णाली बाट भारत निर्यात हुने गरेको छ । कर्णालीको हिमाली जिल्लाको बन क्षेत्रमा पाइने थरीथरीका जडिबुटीलाई उत्पादन तथा ब्याबस्थित गर्न सके एकातिर पर्यटन प्रर्बधनमा टेवा पुग्र्ने अर्कोतिर स्थानीयको आयआर्जनमा सुधार हुने देखिन्छ । बनस्पति बिभागले ७ हजार प्रजातिका फूल फुल्ने बनस्पति मध्ये करिव ७ सय प्रकारका जडिबुटी औषधिको रुपमा प्रयोगमा आएको देखिएको छ । भूगोल जंगल जमिन र माटोमा उत्पादन हुने जडिबुटी पहिचान गरेर स्थानीयतहले प्रर्बधनमा जोड दिन आबश्यक देखिएको छ ।
कर्णालीको बन क्षेत्रमा उत्पादन हुने चिराइतोको खरिद मुल्य प्रति केजी ५ सय बिक्री मुल्य प्रति केजी ९ सय ५०, कटुकी प्रति केजी खरिद मुल्य १ हजार ४ सय बिक्री मुल्य प्रति केजी १ हजार ६ सय ५०, गुच्ची च्याउ प्रति केजी खरिद मुल्य १४ हजार र बिक्री मुल्य प्रति केजी १७ हजार रहेको छ । त्यसै गरि बन लसुन खरिद मुल्य प्रति केजी २२ हजार र बिक्री मुल्य प्रति केजी ३०, हजार, यार्सा खरिद मुल्य प्रति केजी १८ लाख र बिक्री मुल्य प्रति केजी २० देखि २५ लाख रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार