बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • कृषि
  • खडेरीले किसानलाई बाली लगाउन कठिन

खडेरीले किसानलाई बाली लगाउन कठिन

  • सोमवार, असार ३, २०८१
खडेरीले किसानलाई बाली लगाउन कठिन

 

मुगु—जिल्लामा लामो समय देखि बर्षा नहु“दा खडेरीले बनपाखा, खेतबारी जलिरहेको र पानीका मुहान सुक्न थालेपछि किसानलाई अन्नबाली लगाउन कठिन भएको छगत असोज देखि उक्त क्षेत्रमा बर्षा नहु“दा खडेरीले खोलानाला कुवाको पानी सक्दै गएको र बनपाखा जलेर उराठलाग्दो देखिने गरेपनि स्थानीयलाई कार्तिके अन्नबाली लगाउन गाह्रो भएको छ । खडेरीले पाखो जमिनमा अन्नबाली लगाउने अबस्था छैन खोलापानी केही पानीले धान रोप्न सुरु गरिएको फोतु गाउ“का अक बुढाले बताए । खडेरीले खोलाको पानी पनि सक्न थालिसक्यो उनले भने बर्षा भएन भने रोपेको धान खेतमै सुक्ने अबस्था छ । गर्मीसंगै स्थानीयले खेताला गोरु लगेर दिनभरि धान रोपाइमा ब्यक्त देखिने गरेका छ । फोतु गाउ“का २५ घरधुरीका स्थानीयले अझै धान रोपाइ सुरु गर्न सकेका छैनन ।

फोतुखोलाको पानी खडेरीले सुकेको र अन्य कुनै पानीको श्रोत नहु“दा धान रोप्न बाट बञ्चित भएका छन । खडेरीले खोलाको पानी सुकिसक्यो बर्षा नहु“दा सम्म रोपाइ गर्न नसकिने भइसक्यो फोतु गाउ“का अकबहादुर बुढाले सुनाए । उनले भने हिउदमा हिउ“ पनि आएन अहिले सम्म बर्षा नहु“दा खडेरी बनपाखा खेतबारी जलिसके पानीका ुमुहान सुकिसके । खडेरी कार्तिके बाली लगाउन नसकिएको उनले बताए । सोरु गाउ“पालिका—५ नेर गाउ“मा पनि धान रोपाइ सुरु गरिएको छ । नेरखोलामा पानी प्रसस्त २ सय ५० परिवारलाई रोपाइ सहज हुने गरेको छ । बर्षा नभएपनि खोलाको पानीले धान रोप्न सकिने नेर गाउ“का लछुमान बुढाको भनाई छ । सोरु गाउ“पालिका स्थित सिप, पुरुमुरु, जीमा, कालै, तारापानी, गिलाहा, कच्चे, धैनकोट बस्तीका स्थानीयलाई पनि हिजोआज रोपाइको चटारो छखडेरीले पाखो बारीमा अन्न पानी लगाउने अबस्था नभएपनि खोलाको पानी भागबण्डा गरि स्थानीयले धान रोप्न थालेका छन । खडेरीले पानी सक्दा दैनिक दुई चार खेतमात्र रोपाइ गर्नु पर्ने अबस्था आएको गिलाहा नुवाकोट गाउ“का शिक्षक बीरबहादुर बमले भने यो बर्ष ठूलो खडेरी प¥यो अन्नबाली लगाउन अबस्था छैन

भोकमरी निम्तिने संकेत देखिएको छ । बर्षा नहु“दा धैनकोट गाउ“का स्थानीय पनि रोपाइको प्रतिक्षामा छन ।खडेरीले खोलाको पानी सुक्दै गएपनि धैनकोट गाउ“का स्थानीयलाई धान रोप्न मुश्किल भएको छ खडेरीले गर्दा जिमा र पुरुमुरु गाउ“का स्थानीय धान रोप्न गाह्रो भएको छ । बेर्नाको बीउ बढेर रोप्न भएपनि खोलामा पानी नहु“दा समस्या भएको छ । खडेरीले यो बर्ष धान रोप्न पाखोबारीमा कोदो कागनो बाली लगाउन कठिन भइसक्यो जिमा गाउ“का कर्ण प्रसाद भट्टले भने भोकमरी हुने देखियो । खडेरीले बढी प्रभावित बनाएको भीई गाउ“का २ सय ७७ परिवार अन्नबाली लगाउन बाट बञ्चित छ । खडेरी खेतबारी जलेर सुक्खा देखिएको छ ।असार महिना लागि सक्दा पनि बर्षा नहु“दा कार्तिके बाली नलाउन नपाउदा भीई गाउ“का स्थानीय निरास देखिएका छन । ख

डेरीले गाउ“मा पिउने पानी छैन कसरी अन्नबाली लगाउने भीई गाउ“का खडकराज बुढाले सुनाए । बर्षा नहु“दा सम्म अन्न बाली रोप्न नसकिने उनको भनाई छ । पिउने पानीको लागि रातभर जागराम बस्नु पर्ने अबस्था उत्पन्न भइरहेको अबस्था पाखोबारी अनाज लगाउने कुरा त परै छ भीई गाउ“का दलबीर कार्कीले बताए । छाया“नाथ रारा नगरपालिकाको कार्कीबाडा, चैन, तलितुम गाउ“का स्थानीयले खोलाको केही पनि दैनिक जसो एक दुई खेत रोप्न थालेका छन । खडेरीले खोलाको पानी सक्दै गएपछि रोपाई छोडेर पाखो धान लगाउने सुरुमा देखिएका छन ।खोलामा पानी छैन कसरी धान रोप्ने नगरपालिका हेर्नीका“ध गाउ“का रंगबहादुर काकीले भने बर्षा भएपछि खेतमा पाखो धान लगाउने सोच गरेका छौ । उनले भने खडेरीले बारीको तरकारी जोगाउन मुश्किल भएको छ । सोरु गाउ“पालिका कच्चे गाउ“का स्थानीय खोलाको पानीले दैनिक तीन चार घर परिवारले धान रोप्न थालेका छन । २०७९ असोज महिनाको भीषण बर्षा संगै आएको बाढीले कच्चेज्यूला पुरिए पछि स्थानीयले ढुंगा माटो पन्छाउदै धान रोप्न थालेका छन ।

चर्चामा

सम्बन्धित समाचार