काठमाडौ—वन तथा वातावरण ऐनबहादुर शाही ठकुरीले भुटान संग पर्यापर्यटन जलबिद्युत र जडिबुटी खेतीमा सहकार्य गर्न धेरै सम्भावना रहेको बताउनु भएको छ ।
मंगलबार दिउसो मन्त्रालय भएको उक्त भेटवार्तामा मन्त्रीले नेपाल भुटानको परापुर्वकाल देखिको घनिष्ट सम्बन्ध अझ प्रगाढ बनाउदै पर्यापर्यटन जलबिद्युत जडिबुटी खेतीमा सहकार्य गर्न सक्ने सम्भावना अधिक रहेको बताउनु भयो
सोही भेटवार्तामा नेपाल र भुटानको धार्मिक सास्कृति सामाजिक आर्थिक र वातावरणीय सम्बन्ध थप बलियो बनाउने बारेमा कुराकानी भएको छ । भेटघाटले हाम्रो दुईपक्षिय र क्षेत्रिय सम्बन्ध अझ बिस्तार हुने वनमन्त्री शाहीले बताउनु भयो । मन्त्री शाहीले भने भुटानले पछिल्लो समयमा जलबिद्युत उर्जा प्राकृति श्रोतको संरक्षण र पर्यटकिय क्षेत्रमा उल्लेखनिय उपलब्ध हासिल भएको छ । जैबिक खेती नगदे, रैथाने बालीको संरक्षणमा भुटान उदहारणीय मुलुक बनेको मन्त्रीको भनाई रहेको छ ।
भेटवार्तामा वनमन्त्रीले भने हामी सार्कमा आबद्ध छौ, पर्वतीय क्षेत्रका मुद्दा हाम्रो साझा अवधारणा छ । नेपाल र भुटानले पर्यापर्यटन जलबिद्युत पहाडी खेती र जडिबुटी क्षेत्रमा थुप्रेै सहकार्य गर्ने सक्ने सम्भावना रहेको मन्त्रीले बताए । दिगो वन ब्याबस्थापन गर्ने र प्राकृति श्रोतमा नागरिकको अधिकारी सुनिश्चित गर्दै जादा हाम्रो संरक्षण प्रयास सफल बन्दै गएको उहाको भनाई छ ।
नेपाल र भुटानले धेरै अन्तराष्टिय एजेण्डा र मुद्दाहरुमा समान धारणा राख्ने भएकोले संयु््क्त राष्ट्रसंघ असंग्लन आन्दोलन र अन्य अन्तराष्ट्रिय मञ्चहरुमा दुबै देशले शान्ति सुरक्षा र बिकासका लागि सक्रिय भुमिका निर्बाह गर्दै आएको मन्त्री शाहीले बताउनु भयो ।
मन्त्री शाहीका अनुसार दुई देश बीच जैबिक बिबिधता संरक्षण वन्यजन्तु संरक्षण एव ब्याबस्थापन वातावरण सुधार दिगो बिकासका क्षेत्रमा रणनैतिक सहकार्य अझ बलियो हुने आसा गरिएको छ ।
नेपालकोे हरित गृह ग्यॉस उत्सर्जनमा अत्यन्तै न्युन योगदान रहेता पनि जलवायु परिर्वतनको सबै भन्दा बढी असर भोग्ने राष्ट मध्ये नेपाल पर्ने गरेको मन्त्रीको भनाई रहेको छ । कोप सम्मेलन नेपाल र भुटानको दुई पक्षिय साझा एजेण्डा प्रस्तुत हुनु पर्ने भुटानका मन्त्रीले भने हिमालको हिउ जलवायु परिर्वतनले पग्लिरहेको छ ।