क्याराभान खबर
पछिल्ला समयमा बढदो इन्टरनेट प्रबिधिले युवापुस्तालाई काममा जति सहज र सुलभ बनाएको छ । त्यो संगै जोखिम पनि उत्तिकै देखिएको छ ।
इन्टरनेटको सहि सदुपयोग नगरी व्यक्तिगत,सामुहिक स्वार्थका लागि दुरुपयोग गर्नाले यसको मारमा,युवा बालबालिका, विद्यार्थी, महिला छ्न ।
टेवाको आर्थिक सहयोग र महिला अधिकार केन्द्रको साझेदारीमा सोमबार मुगु जिल्ला सदरमुकाम गमगढीमा आयोजित डिजिटल सुरक्षा सम्वन्धी चेतना मुलक कार्यक्रमको जानकारिको लागि सरोकारवाला निकाय र पत्रकारहरुसङ्गको बैठकमा सरोकारवालाहरुले यस्तो बताएका हुन ।
बैठकमा नेपाल कम्प्युटर महासङ्ग मुगुका अध्यक्ष नरेश शाहिले डिजिटलको प्रयोग को कति र कति प्रतिशतले गरिरहेका छन र डिजिटल प्रविधिको दुरुपयोगबाट मानिस कसरी प्रभावित भैरहेका छन, हामीले आफ्ना इन्टरनेटजन्य काम गर्दा कसरी डिजिटल सुरक्षा अपनाउने, डिजिटल दुरुपयोगको मारमा परे कानुनी उपचार र डिजिटल उपचार कसरी अपनाउन सकिन्छ भन्ने बारे प्रस्तुत गरेका थिए ।
पछिल्ला दिनहरुमा इण्टरनेटको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिन मान्छेलाइ झुक्याउने खालका सामाग्री पोष्ट गर्ने, बैकिङ्ग कारोवारोमा झुक्याइ बैक खाताबाट पैसा लिने, मान्छेलाइ प्रलोभनमा पारेर सामाजिक सन्जाल ह्यक गरिदिने, अश्लिन नग्न तस्विर राखिदिने, सामुहिक अपराधका योजना बनाउने,लगायतका अपराध गर्दै आएको र पिडितको न्यायका लागि नेपाल प्रहरिको साइवर व्युरोले विधुतिय कारोवारो ऎन २०४७ अनुसार साइवर अपराध सम्वन्धी अनुसन्धान र कारवाहीको काम गरिरहेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी गराए ।
चालू यो वर्षमा स्नातक सम्मका बिद्यार्थिलाई समेट्दै नगरपालिका मुर्मा र सोरु गाउपालिकामा मुगुम कार्मारोङ्ग गाउपालिकामा कार्यक्रम लागू गरिएको महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकमाया शाहीको भनाई छ ।