मुगु—कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकिय गन्तब्य मुगु जिल्लाको रारालाई राजनीति दलले रहेक निर्वाचनमा सधै चुनावी नारा बनाउने र बिकास निर्माणमा ध्यान नदिने गरेका छनस्थानीय, प्रदेश र संघको निर्वाचनको बेला दलका उम्मेदवारले आफनो घोषणा पत्रमा रारालाई सधै चुनावी नारा समेटने र जीतेपछि बिकासमा खासै वास्ता नगर्दा उहीले देखि अहिले सम्म राराको मुहार बलिएको छैन ।समुद्री सतह देखि २९ सय २९ मिटर उचाईमा अबस्थित प्राकृति सुन्दरताले भरिपूर्ण रारा चुनावी नारा मात्र बन्ने गरेको मुर्मा गाउका स्थानीयको भनाई छ ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि कांग्रेस, एमाले, नेपाली कम्यूनिष्ट पार्टी र रास्वपाले आफनो चुनावी घोषणा, पत्र, बाचा पत्र र प्रतिज्ञा पत्रमा रारालाई पहिलो चुनावी नारामा समेटेका छन ।कांग्रेस पार्टीका उम्मेदवार खड्गबहादुर शाहीले सार्वजनिक गरेको चुनावी प्रतिज्ञापत्रमा राराको निम्ति सुरक्षित यात्रा राम्रो सडक भनेर उल्लेख गरेका छन ।नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायोले आफनो चुनावी घोषणा पत्रमा प्राकृतिक र धार्मिक हिसावले महत्पूर्ण मानिने रारा जोडने सडक बिस्तार गर्ने होटल बृद्धि गरि रोजगारको अबसर बृद्धि गर्ने उल्लेख गरेका छन ।
राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटाले पनि आफनो चुनावी बाचापत्रमा राराको पर्यटन ऐन बनाएर रारालाई बिशेष पर्यटन क्षेत्र घोषणा गर्नु उल्लेख गरेका छन । नया“ दल नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाही, नेकपा माओबादीका उम्मेदवार रंगबीर परियारले पनि यो पटकको निर्वाचनमा रारा समग्र बिकासको लागि आफनो चुनावी मुद्दा बनाएका छन ।बिगतका निर्वाचनमा पनि दलका उम्मेदवारले रारालाई चुनावी मुद्दा नबनाएका होइनन । उहीले देखि अहिले सम्म उस्तै छ राराको अबस्था । चुनाव जित्ने उम्मेदवारको मुहार फेरयो होला तर राराको रुप अझै फेरिएको छैन । रारामा नत भौतिक पूर्बाधार बने नत पर्यटकिय सुबिधायुक्त होटल संचालनमा आए । रमणीय रारामा रमाउन बिभिन्न क्षेत्रका पर्यटक रारा पुग्ने र सुबिधाको अभावले निरास बनेर फर्किन बाध्य छन ।
पुर्ब प्रधानमन्त्री, मन्त्री, मन्त्रालयका सचिव, बिदेशी कुटनीतिक नियोगका कर्मचार, राजदुत, गैसस निकायका कर्मचारीहरुले रारा भ्रमण गरि सकेका छन । तर राराले बिकासको फडको मार्न सकेको छैन । सुन्दर रारा वरिपरि बसोबास गर्ने स्थानीयको पिडा र गरिवीका अनुहार बदलिएका छैनन ।सडक र हवाई सेवा पुगेपनि राराको बिकास अझै पुगेको छैन । रारा बिकासको नाममा राज्यले बर्षेनी कनिका खरेको बजेट उपलब्ध गराउने र उक्त बजेट कामै नगरी खेर जाने गरेको छ ।
उहिले देखि अहिले सम्म उस्तै छ रारा
रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको ४७ बर्ष सम्म उस्तै छ । नत पूर्बाधार बनेका छन नत पर्यटकिय आगमनमा बृद्धि हुन सकेको छ ।रारा छाप्रु, गाउँका रैथाने शाहबंशलाई बाँके चिसापानी गाबर सारेर बन्य जन्तु संरक्षण तालको सुरक्षाको लागि २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज घोषणा भएको ४७ बर्ष सम्म कुनै रुप फेरिएको छैन ।रारामा केबुलकार बन्ला, ठूल्ठूला तारा होटल निर्माण होलान ताल वरिपरि बिद्युतले झिलिमिलि होला जताततै बिदेशी पर्यटक घुमेको देखिएलाभन्ने स्थानीयको आसा अहिले निरासामा परिणत भएको छ ।२०६३ साल असोज १० गते रारा सिमसार सुचीमा सुचिकृत भएको हो । सोही सालमै रारा मध्यवर्ती घोषणा गरिएको थियो
कागजी रुपमा राराको धेरै रुप बदलिएको र बास्तबिक रारा मुहार नफेरिएको रारा मुर्मा गाउँ बिर्खबहादुर रोकायाले बताए ।
मध्यवर्ती घोषणा भएको १६ बर्ष सम्म पनि स्थानीयले कुनै लाभ र बिकासको अनुभव गर्न सकेको उनको भनाई छ ।२०३२ साल देखि २०५० सालको अबधि सम्म रारामा मौसम अनुकल बिभिन्न प्रजातिका प्राकृति फूलहरु फुलेर रमणीय देखिन्थ्यो तर पछिल्लो पटक बिस्तारै उक्त फूलहरु लोपहुदै गएका छन ।२०३२ साल सम्म रारा बन जंगल क्षेत्रमा प्रसस्तै देखिने डाँफे, कालिज, ढुकुर, कोइली, च्याखुरा, चिर कालिज, तिथ्रा लगायत चराहरु पनि हराउदै गएका छन ।
हिउँदमा चिसो कटाउन हिउ खेल्न साइबेरिया नैनीताल बाट हाँस करयाङगुरुङ प्रजातिका पाहुना चराहरु पति प्रयाप्त मात्र आउन छोडेका छन ।
सिमित चराहरु मात्र नभएर बदेल, घोरल, भालु, हिमचितुवा, रतुवा,कस्तुरी मृगको संख्या पनि अत्यन्तै न्यून रहेको पाइएको छ ।मुर्मा, झयारी, पिना, टोप्ला, माथितुम, सायाँखोला, कार्कीबाडा, लगायत दर्जनौ मध्यवर्ती क्षेत्र भित्रका स्थानीयले रारा निकुञ्ज भित्र छाडा चौपाय बस्तु छोडदा जैबिक बिबिधता देखि बन्यजन्तु चराहरु बढी प्रभावित भएका छन ।राष्ट्रिय निकुञ्ज बिभागले २०२२ सम्म रारा ताल वरिपरिका भौतिक संरचना होटेल निकुञ्जको कार्यालय नेपाली सेनाको क्याप्प बाहिर सार्ने कार्ययोजना तयार गरेको भएपनि कार्यन्वयनमा तिब्रता देखिएको छैन ।
२०६२ सालमा हवाई सेवा सुरु र २०६९ सालमा सडक सञ्जाल पुगेपछि शहरी मुलक बाट आन्तरिक पर्यटक तथा केही बाहय पर्यटक रारा घुमफिर गर्न आउन सुरु गरेको पाइएको छ ।रारा तालको गहिराई १ सय ६७ लम्बाई ५ किलोमिटर र चौडाइ ३ किलोमिटर र कुल क्षेत्रफल १०.८ बर्गकिलोमिटर रहेको निकुञ्ज कार्यालयका रेन्जर रनबहादुर रोकायाले बताएसमुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा अबस्थित राराको राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मुगुको छायाँनाथ रारा नगरपालिका सोरु, खत्याड गाउँपालिका र जुम्लाको कनका सुन्दरी गाउँपालिकको भु–भाग समेत ओटेको छ ।