काठमाडौ —देशभर बिभिन्न कार्यक्रम गरि आज १९औँ गणतन्त्र दिवस भब्यरुपमा मनाइदैछ । जन निर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई यसले नागरिकलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र समानुपातिक समावेशी अधिकारको सुनिश्चितता प्रदान गरेको छ ।