बिहिबार, बैशाख ३१, २०८३
बिहिबार, बैशाख ३१, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली करिडोर स्तरउन्नती गर्न ६ अर्ब १० करोड बजेट श्रोत सुनिश्चिता

कर्णाली करिडोर स्तरउन्नती गर्न ६ अर्ब १० करोड बजेट श्रोत सुनिश्चिता

  • बिहिबार, बैशाख ३१, २०८३
कर्णाली करिडोर स्तरउन्नती गर्न  ६ अर्ब १० करोड बजेट श्रोत सुनिश्चिता

काठमाडौ —कर्णाली करिडोर सडक कालोपत्रे गर्नको लागि ६ अर्ब १० करोड बजेट श्रोत सुनिश्चिता गरिएको छ । यही बैशाख २९ गते अर्थ मन्त्रालय बाट बहुप्रतिक्षित कर्णाली करिडोर सडक स्तरउन्नती सहित कालोपत्रे र पक्की पुल निर्माणको लागि ६ अर्ब १० करोड बजेट श्रोत सुनिश्चिता गरिएको प्रतिनिधिसभा सदस्य जयपति रोकायाले जानकारी गराउनु भयो
कर्णाली करिडोर निर्माण कार्य पुरा भएको तीन बर्ष नबित्दै सरकारले प्राथमिकता दिएर स्तरउन्नतीको लागि ६ अर्ब बजेट सुनिश्चित गरेको उहाको भनाई छ । कर्णाली करिडोरले कालिकोट, बाजुरा, मुगु र हुम्लाबासीको जीवनस्तरमा परिर्वतन ल्याएको रोकायाले जानकारी गराए
बजेट निकासा भएपछि ठेक्का खोलेर काम सुरुवात गरिने भएको छ । नेपाली सेनाले कालिकोट खुलालु देखि हुम्ला सिमकोट सम्म सडक निर्माण कार्य सम्पन्न गरेको करिव तीन बर्ष पछि सरकारले कालोपत्रे गर्न ६ अर्ब १० करोड बजेट छुटयाएको छ ।
अर्थ मन्त्रालयले कर्णाली करिडोरको लागि बजेट श्रोत सुनिश्चिता अनुसार कालिकोट खुलालु देखि कालिकोट खुलालुकोट, झुकाखोला देखि पिलिचौर र तुम्च सल्लिसल्ला सम्मको सडक स्तरउन्नतीका ३ अर्ब १५ करोड १६ लाख बजेट श्रोत सुनिश्चिता गरेको छ ।त्यसै गरि हिल्सा सिमकोट सडक आयोजनाको उत्तरी खण्ड खार्पुनाथ देखि खरिखेत र खरिखेत देखि सल्लिसल्लाको सडका लागि २ अर्ब ३३ करोड ७६ लाख सुनिश्चिता गरिएको छ ।
खुलालु देखि सल्लिसल्ला कर्णाली करिडोरमा ६ वटा पक्की पुल निर्माणका लागि ६२ करोड ४३ लाख बजेट श्रोत सुनिश्चता गरिएको छ । कर्णाली करिडोरको अन्त्र्रगत कालिकोट खुलालु हुम्ला सिमकोट हिल्ला सम्मको कुल २ सय ६८ किलोमिटर लम्बाई रहेको छ । खुलालु देखि हुम्ला सल्लिसल्ला सम्म १ सय २३ किलोमिटर रहेको छ ।
यस करिडोरले कालिकोट, बाजुरा, मुगु र हुम्लालाई समेटेको छ ।

कर्णाली करिडोर सडक स्तरउन्नतीका लागि अर्थमन्त्रालय बाट ६ अर्ब १० करोट बजेट श्रोत सुनिश्चिता गरेको । सडक बिभागका पूर्ब सिनियर डिभिजन इन्जिनियर अंगलाल रोकायाको भनाई छ । बजेट बिनियोजनमा सरकारले करिडोरलाई उच्च प्राथमिकता राखेको उनको भनाई छ । यो बजेट बाट करिडोरमा ६ वटा पक्की पुल निर्माणको लागि ठेक्का खुल्ने र अघिल्लो बर्षको बजेटमा १२ वटा पक्की पुल निर्माण कार्य भइरहेको उनको भनाई छ ।कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही कर्णाली प्रदेशको विकासका लागि “छ ब ६ वटा ब को अवधारणा अघि सार्ने नेताका रूपमा चिनिनु हुन्छ । उहाँले कर्णाली करिडोरलाई केवल एउटा सडकको रूपमा मात्र नभई कर्णालीको भाग्य र भविष्य बदल्ने लाइफलाइन भएको बताउनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार