शुक्रबार, अशोज ३०, २०८३
शुक्रबार, अशोज ३०, २०८३
  • होमपेज
  • कृषि
  • जुम्ली किसानको अनुहारमा खुसी यसपालि ४१ करोडभन्दा बढीको स्याउ निर्यात

जुम्ली किसानको अनुहारमा खुसी यसपालि ४१ करोडभन्दा बढीको स्याउ निर्यात

  • शुक्रबार, अशोज ३०, २०८३
जुम्ली किसानको अनुहारमा खुसी यसपालि ४१ करोडभन्दा बढीको स्याउ निर्यात

मुगु —जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले यसपालि करिव ३ लाख केजी खरिद गरि बिक्रीको लागि काठमाडौ पुरयाएको छ । स्थानीय कृषकहरूको उत्पादनलाई उचित बजार दिलाउने र उपभोक्तासम्म स्वच्छ, अर्गानिक स्याउ पु¥याउने उद्देश्यले सहकारीले जुम्लाको उत्पादन क्षेत्रमै खरिद गरि गाडी मार्फत ढुवानीको व्यवस्था मिलाएर राजधानी पुरयाएर भद्रकालीमा गोदाम गरि धमाधम बिक्री गरि रहेको छ ।

सहकारीका प्रर्बन्धक रत्नराज शाहीका अनुसार जुम्लाको अगानिक स्याउ काठमाडौ पुरयाएर बिक्री गरिरहेको बताए उनले प्रति केजी २ सय देखि ३ सय सम्म ग्राहकलाई बेच्ने गरेका छन । शाहीले जुम्ला बाट प्रति केजी ९० रुपैयाँदेखि १०० रुपैयाँसम्ममा स्याउ खरिद गरेका छन । जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था स्याउ खरिद गरि शहर पुरयाउने एक एक उदाहारण मात्र हो ।  जुम्ली किसानको अनुहारमा खुसी यसपालि ४१ करोडभन्दा बढीको स्याउ निर्यात निर्यात भएको छ ।

प्राकृतिक प्रकोपका कारण उत्पादनमा गिरावट आए पनि यस वर्ष जुम्लाका स्याउ किसानहरू निराश हुनुपरेको छैन। जुम्ली रातो र रसिलो स्याउले बजारमा राम्रो मूल्य पाएपछि उत्पादन घट्दा पनि किसानको आम्दानीमा भने उल्लेख्य गिरावट आएको छैन। आर्थिक वर्ष २०८२÷०८३ मा जुम्लाबाट रु. ४१ करोड २९ लाख ८९ हजार २७० बराबरको स्याउ बाहिरी जिल्लाहरूमा निर्यात भएको छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यस वर्ष कुल ४ हजार ४ ९७ हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती गरिएको थियो, जहाँ १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन भएको थियो। सुरुआती चरणमा १० हजार मेट्रिकटन स्याउ निर्यात भई रु. ४० देखि ४५ करोडसम्म जिल्लामा भित्रिने अनुमान कृषि कार्यालयले गरेको थियो।

तर, बेमौसमी असिनापानीका कारण ठूलो परिमाणमा स्याउमा क्षति पुग्यो। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार असिनापानीले हजारौँ स्याउका बोट नष्ट गर्दा करिब १६ करोड रुपैयाँ बराबरको बजार क्षति भयो। उत्पादन घटेर ५ हजार ५९१ मेट्रिकटन मात्र निर्यात हुन सक्यो, जुन अनुमानित परिमाणभन्दा धेरै कम हो।

“उत्पादन र निर्यातको परिमाण सोचेभन्दा निकै कम भयो,“ प्रमुख अधिकारीले भने, “तर सुखद कुरा के रह्यो भने, यसपालि जुम्ली स्याउले बजारमा निकै राम्रो मूल्य पायो। परिमाण घटे पनि उचित मूल्य पाएकाले आम्दानी भने अनुमान गरिएअनुसार नै भयो।“

कुल उत्पादित १८ हजार २४५ मेट्रिकटनमध्ये ५ हजार ५९१ मेट्रिकटन निर्यात हुँदा करिब ४ हजार ४ सय मेट्रिकटन स्याउ जिल्लाभित्रै खपत भएको छ।
विगतको तथ्याङ्क हेर्ने हो भने जुम्लामा स्याउ खेतीको क्षेत्रफल निरन्तर विस्तार भइरहेको छ। गत आर्थिक वर्ष २०८१÷०८२ मा ४ हजार ३७७ हेक्टरमा खेती गरिएकोमा यस वर्ष १२० हेक्टरले वृद्धि भई ४ हजार ४९७ हेक्टर पुगेको छ।

तर, क्षेत्रफल बढे पनि प्राकृतिक प्रकोप (असिनापानी) का कारण उत्पादन भने घटेको छ। गत वर्ष २० हजार ५१२ मेट्रिकटन स्याउ उत्पादन भएको थियो भने हालसम्मकै उच्च रु. ६१ करोड भन्दा बढीको स्याउ (१८ हजार २४५ मेट्रिकटन) निर्यात भएको थियो। जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, काठमाडौका शहरमा पुगेको छ

जुम्ली जीवनको मूल आधारः स्याउ
वि.सं. २०२४ सालदेखि जुम्लामा व्यावसायिक रूपमा सुरु गरिएको स्याउ खेती आज जुम्लीवासीको जीवनस्तर बदल्ने मुख्य आयस्रोत बनेको छ। जुम्लाका कुल २० हजार घरधुरीमध्ये १९ हजार १५० घरधुरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्याउ खेतीमै निर्भर छन्।

यस व्यवसायबाट सिजनमा एउटा किसान परिवारले न्यूनतम रु. ५० हजारदेखि अधिकतम रु. १० लाखसम्म आम्दानी गर्दै आएका छन्। हाल जिल्लाका ७ हजार ३५० जना किसान स्याउको उत्पादन र बिक्री–वितरणमा प्रत्यक्ष रूपमा संलग्न रहेका छन्।

स्याउ जुम्लाको आर्थिक समृद्धिको मेरुदण्ड भए पनि किसानहरूले अझै अनेकौँ सास्ती र समस्या झेल्नुपरिरहेको छ। राज्यको ध्यान नपुग्दा अपेक्षाकृत लाभ लिन नसकिएको किसानहरूको गुनासो छ। मूल्य निर्धारणमा अन्योलः किसानहरूले आफ्नै उत्पादनको मूल्य आफैँ तोक्न पाउनुपर्ने माग वर्षौँदेखि उठाउँदै आएका छन्। तर, बिचौलिया र बजारको अनियमितताका कारण किसानहरू मारमा पर्ने गरेका छन्।

अनुदानमा पहुँचवालाको हालीमुहालीः सरकारी अनुदान र राहत साना तथा वास्तविक किसानसम्म नपुगी टाढा–बाठा र पहुँचवालाहरूकै कब्जामा पर्ने गरेको आरोप छ।
ढुवानीको अझै समस्या
सडक र ढुवानीको सास्तीः स्याउ उत्पादन भएर बजार पठाउने मुख्य सिजनमै कर्णाली राजमार्ग पहिरोका कारण पटक–पटक अवरुद्ध हुने गर्छ। जसले गर्दा समयमै स्याउ बजार पु¥याउन नसकी बाटोमै कुहिने जोखिम रहन्छ।

पूर्वाधारको कमीः सिँचाइको असुविधा, गुणस्तरीय मल–बीउको अभाव र पर्याप्त चिस्यान केन्द्र (कोल्ड स्टोर) नहुँदा किसानहरू पाकेकै समयमा सस्तो मूल्यमा स्याउ बेच्न बाध्य छन्।

उत्पादन घट्दा पनि मूल्य राम्रो पाएर यस वर्ष ४१ करोड भन्दा बढी रकम जुम्ला भित्रिनु पक्कै पनि सकारात्मक पक्ष हो। तर, हरेक वर्ष दोहोरिने असिनापानी जस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनु आबश्यक देखिन्छ ।

साथै कर्णाली राजमार्गको स्तरोन्नति, वास्तविक किसानलाई अनुदानको पहुँच, र स्थानीयस्तरमै चिस्यान केन्द्र तथा बजारीकरणको सही व्यवस्थापन गर्न सके जुम्ली स्याउले जुम्लाको मात्र नभई देशकै अर्थतन्त्रमा अझ ठूलो योगदान पु¥याउन सक्ने सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार