शुक्रबार, कार्तिक १४, २०८३
शुक्रबार, कार्तिक १४, २०८३
  • होमपेज
  • News
  • चक्रवात अर्नबको प्रभाव आज देशभर भारी वर्षा र हिमपातको सम्भावना

चक्रवात अर्नबको प्रभाव आज देशभर भारी वर्षा र हिमपातको सम्भावना

  • शुक्रबार, कार्तिक १४, २०८३
चक्रवात अर्नबको प्रभाव आज देशभर भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौ —चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका अधिकांश भूभागमा मौसम प्रतिकूल बन्दै गएको छ । हिजोदेखि सुरु भएको यस प्रणालीको प्रभावले देशको जनजीवन प्रभावित बन्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रही कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । चक्रवातको प्रभाव थप फैलिने क्रममा रहेकोले आज र भोलि देशका धेरै स्थानमा भारी वर्षा तथा हिमपातको जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ ।दिउँसोको अवस्थाः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनेछ ।

भारी वर्षा र हुरीबतासः मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

रात्रीकालीन अवस्थाः राति पनि देशका अधिकांश स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमदेखि भारी वर्षा र हिमपातको क्रम जारी रहनेछ ।

अति भारी वर्षाको चेतावनीः विशेषगरी आज र भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
अचानक आएको यो मौसमी विपद्का कारण पाकेको धानबालीमा ठूलो क्षति पुग्न सक्ने देखिएको छ । त्यसैले धानबाली भित्र्याउनेलगायतका सम्पूर्ण कृषि कार्यहरू आज र भोलि पूर्ण रूपमा स्थगित गर्न महाशाखाले किसानहरूलाई विशेष अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार