शुक्रबार, जेष्ठ १, २०८३
शुक्रबार, जेष्ठ १, २०८३
  • होमपेज
  • शिक्षा
  • अवसर खोज्दै काठमाडौ छिरेका देउडाका पारखी जयसिंह कुमाई

अवसर खोज्दै काठमाडौ छिरेका देउडाका पारखी जयसिंह कुमाई

  • शुक्रबार, जेष्ठ १, २०८३
अवसर खोज्दै काठमाडौ छिरेका देउडाका पारखी जयसिंह कुमाई

नेपाली कि चिनारा रारा
पर्यटक भेटदैछन् सारा ।।
यो दउडा गीत मुगुको विकट भूगोल बाट आफ्नो कण्ठमा हिमालको चिसो र कर्णालीको सुसाइ बोकेर अवसरको खोजीमा काठमाडौ पसेका देउडाका पारखी  ४० बर्षिय जयसिंह कुमाईको हो । यिनको स्थायी घर मुगु छायानाथ रारा नगरपालिका रोवा रयाडंच्याकटी हो ।  आफ्नो पुख्र्यौली माटो, रैथाने संस्कृति र देउडा गायनको एउटा जीवन्त विरासत बोकेर जयसिंह यतिबेला राजधानीमा आफनो रोजीरोटी सहित गायनको नयाँ क्यानभास खोज्दैछन ।
पनेराका पल्ला पाटी भरेकी हत्तारी
बुबा उठि स्वर्ग लोक रुदिछन मतारी ।।
सानै उमेरमा बुबाको मृत्यू हुदा जयसिहले राम्रो सित आफना बुबाको न्यानो माया प्रति तिखारी पाएनन । बुबालाई सम्झेर आम रोएको पिडालाई जयसिहले यसरी देउडामा दुःख पोखेका थिए ।
पनेराका पल्ला पाटी भरेकी हत्तारी
बुबा उठि स्वर्ग लोक रुदिछन मतारी ।।
जयसिंह कुमाईको मुख्य विशेषता भनेकै उनको गायकीमा पाइने ’अर्गानिक’ स्वाद र प्राविधिक निखारता हो । पश्चिम नेपालको देउडा गायनमा सामान्यतया एउटा निश्चित ’पिच’ र लय हुने गर्दछ, तर जयसिंहले त्यसमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन ।उनको आवाजमा मुगुको खस सभ्यताको पहिचान झल्किन्छ । भने गायन शैलीमा लामो सासमा’ खेलिने घुमाउरोपन (तानेर गाइने अलाप) प्रस्ट सुनिन्छ र देखिन्छ ।
कलिलो १२ बर्षकै उमेरमा जयसिहले सकि नसकिने देउडा गाउन जर्मको गर्न थालेका थिए । गाई बाख्रा चराउन वनपाखा जा“दा होस झोला कापी कमल बोकर स्कुल जा“दा होस उनले बाटो देउडाको सुस्केर हाल्दै हिडने गर्थे नजिकका साथीसंगीलाई लाग्थ्यो यो किन गुनगुनाउदै हिडछ । बिस्तारै उनको देउडा सुरिलो स्वर मिठो आवाजले साथीहरु पति जयसिह प्रति मोहीत हुन्थे ।
डाडा घुम्ने मेरो मन झनै उडन लाग्यो
सुवा तेरा सम्झनाले मुटु चुडन लाग्यो
जयसिहले यिनै यस्तै माया पिरतीका देउडा गाउ“ने गर्दे आएका छन । उनको स्वरको प्रकृति प्रेमी र तीखो स्वर छ जसले सुन्नेको मनमा सिधै कर्णाली र सुदूरका भीरपाखाहरूको जीवन्त तस्विर झल्काउने गरेको छ । सानै उमेरमा बुबा गुमाएका र १८ बर्ष उमेर नपुग्दै आमा गुमाएकन जयसिह देउडा गायनमा खितारीन कहिल्यै हरेस खाएनन । मेला पर्व बिबाह जस्ता कार्यक्रम जयसिहको आवाज गुन्जिने गथ्र्यो । बिस्तारै चिनिन थालेपछि उनलाई पछि हरेक कार्यक्रममा निम्तो आउन थाल्यो । उनको उत्साह जोस जा“गर बढदै गयो आत्मबल बलियो हुदै गयो ।

पारिवारिक आर्थिक स्थिति कमजोर हुदा हुदै पनि एकसरो कपाडा लगाएर देउडा गाउन मेलापर्वमा दौडिने गर्थे । स्टेचमा उभिएर देउडा गाउन सुरु गरि हाल्थे । बिना प्रबिधि केबल मादलको भरमा स्टेचमा गीत गाउनु जयसिहलाई सहज थिएनदेउडामा केवल शब्द मात्र भनिँदैन, यसमा त एउटा सिङ्गो इतिहास र जीवनको भोगाइ लुकेको हुन्छ । राति ओछयानमा हो या हिडदा बाटोमा होस जयसिंह डेउडाका भाका निकाले लयमा गुनगुनाइ रहन्छ ।
त्रिभुवन बिमानस्थल प्लेन उडने बेला
कजेली काटन लाग्यो साथी छुटने बेला ।।
कर्णालीको गरिबी, सौन्दर्य र आँसु एकैसाथ संगीत बनेर उनी बग्ने गरेका छन । करिव दुई दर्जन भन्दा बढी गीत रेकडिङ्ग गरि सकेका जयसिहलाई आर्थिक जुटाउन दा“त बाट पसिना निकाल्नु परेको थियो । इष्टमित्र साथी भाई सित ऋणसापट गर्दै देउडा गाउमा खर्चिने गरेको जयसिहले सुनाए । यार्सा टिपेर कमाएको पैसा पनि देउडा गाउनमै खर्च गरेको उनको भनाई छ ।

जन्मथलो छोडेर काठमाडौँलाई आफ्नो कर्मथलो बनाउने निर्णय सजिलै गरेका भने होइनन् । विकट क्षेत्रमा प्रतिभा भएर पनि बजार र प्रविधिको अभाव सहयोग सदभावको कमी जस्ता कारणले खुम्चिनुपर्ने बाध्यतालाई तोड्दै जयसिह राजधानी छिरेका छन ।
चुनावको बेला मात्रै हाम्रो नेताले कलाकारलाई खोज्छन त्यसपछि चटक्कै छोडछन जयसिहले गुनासो सुनाए । कलाकारलाई सहयोग गरौ कला सांस्कृति जोगाउन भन्ने हाम्रो मुगुमा कसैको सोच छैन राजनीतिक टयाग लगाउन प्रबृति मात्र छ उनी बताउछन ।जयसिंहका लागि यो सङ्घर्ष केवल व्यक्तिगत पहिचानको लडाइँ मात्र होइन; यो त मुगु र सिङ्गो कर्णालीको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराउने एउटा सांस्कृतिक अभियान हो आधुनिक पप र पश्चिमा सङ्गीतको कोलाहलका बीच, काठमाडौँको मुटुमा बसेर मौलिक लोकभाका र देउडाको साख जोगाउनु आफैँमा चुनौतीपूर्ण भएको जयसिहको भनाई छ

जयसिंह कुमाई केवल पुराना गीत गाउने गायक मात्र होइनन्, उनी देउडालाई नयाँ ढङ्गले ’फ्युजन’ गर्ने कलात्मक सोच राख्छन् । उनी देउडाको मौलिक जग र लयलाई नबिगारी त्यसमा आधुनिक वाद्यवादनको प्रयोग कसरी गर्ने भन्नेमा सचेत छन । देउडामा प्रयोग हुने मुर्चुङ्गा, बाँसुरी र मादलसँगै आधुनिक गितार र किबोर्डको संयोजन गरेर नयाँ पुस्तालाई आकर्षित गर्नु उनको कलाको अर्को सबल पक्ष मानिएको छ ।

सांस्कृतिक रूपमा धनी कर्णाली प्रदेशका लोककथाहरू, पाकेला (वीर पुरुष) का गाथाहरू र सुख–दुःखका कथालाई आफ्ना शब्द र लयमा उतार्ने जयसिंहको प्रयास अब्बल छ । अवसरहरूको खोजीमा काठमाडौँ आइपुगेका यी तन्नेरी गायकको आँखामा अहिले एउटै सपना र चिन्ता छ हार्मोनियम बाजा कसरी जुटाउने भनेर । म संग पैसा छैन एउटा राम्रो हार्मोनियम बाजा किन्ने ठूलो सपना छ ।

ऋण गरेर पनि त्यो बाजा किन्ने आट थियो तर ऋण गर्ने पैसा पनि पाइदैन । यस्तै देउडा गीत गाउदै धेरै ऋण लागेको उनको भनाई छ । मेरो पैसा कमाउने भाग्य त छैन जस्तो लाग्छ जयसिहले भने दुई पटक त मेरो युटुव ह्याक गराइ पाए । नेपाली कला सास्कृति प्रतिष्ठानमा समेत आबद्ध भएका जयसिहले धेरै मान सम्मान पाएका छन । केही बर्ष अघि उनले रारा म्यूजिक अवार्ड समेत हात पार्न सफल भएका छन । दुःख र कष्टको बेला आफूलाई गरेको सहयोग प्रति जयसिहले उच्च कदर गर्दै आएका छन ।
राजधानीको यो ब्यस्त शहरमा जयसिंह कुमाई जस्ता साधकहरू रहनुले के पुष्टि गर्छ भने, भूगोल जतिसुकै टाढा भए पनि कला र संस्कृतिको जरा नजिक  हुन्छ ।

क्याराभान खबरको खोजी रिर्पोटमा आधारित ।

चर्चामा

सम्बन्धित समाचार