बुधबार, बैशाख ३०, २०८३
बुधबार, बैशाख ३०, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • दलबहादुर र सुनमायालाई रारा ट्रेलरनको उपाधि

दलबहादुर र सुनमायालाई रारा ट्रेलरनको उपाधि

  • बुधबार, बैशाख ३०, २०८३
दलबहादुर र सुनमायालाई रारा ट्रेलरनको उपाधि

मुगु —छैटौँ रारा ट्रेलरनको उपाधि जुम्लाका दलबहादुर कुँवर र सुनमाया बुढाले जीतेका छन ।पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिकाका दल बहादुर कुवर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका– २ की सुनमाया बुढाले रारा ट्रेलरनको उपाधि हात परेको आयोजकले जनाएको छ ।
नेपाली सेना हनुमानध्वज गुल्मको आयोजनामा बुधबार भएको रारा ट्रेल रनको छैठौ सस्करण १६ किलिोमिटरमा महिला तर्फ ४९ र पुरुष ३ सय १२ जना र एक जना बिदेशी नागरिक सहित गरेर ३ सय ६१ जनाले सहभागिता जनाएका थिए ।

करिव ३ सय ११ जना धावकलाई पछि पार्दै जुम्लाका कुवंर रारा ट्रेलरनको पहिले बनेका हुन् । उनले १६ किलोमिटरको दुरी एक घण्टा १५ सेकेन्डमा पार गरे ।

महिला तर्फका ४९ जना धाविकालाई पछि पार्दै जुम्लाका सुनमाया प्रथम भइन् । उनले १६ किलोमीटर दुरि निर्धारित १ घण्टा १३ मिनेट ५० सेकेन्डमा पार गरि प्रथम भईन् ।

ट्रेल रनमा प्रथम,द्वितीय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई जनही क्रमशः ५० हजार,३० हजार,२० हजार नगद सहित प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको छ । नेपाली सेनाले हरेक बर्ष रारामा रारा ट्रेल रनको आयोजना गर्ने गरेको नेपाली सेना हनुमानध्वज गुल्मका गुल्मपति खड्ग बहादुर श्रेष्ठले बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार