काठमाडौ —सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरि ‘सफ्टवेर’ ‘डिजिटल’ सेवालाई प्रवद्र्धन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुदै सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग बनाइने जानकारी गराउनु भएको छ । सरकारले साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्पुटेसन निर्यातलाई प्रवद्र्धन गरिने राष्टपति पौडेलको भनाई छ । ‘डिजिटल पार्क’ उच्च क्षमताका ‘डेटा सेन्टर’ र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई ‘टेक हब’का रूपमा अघि बढाइने छ ।