मुगु —सोरु गाउपालिका—९ कालै बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिता कुमारी शाही घरदैलोमै पुगेर सुत्केरी आमा बच्चाहरुको स्वास्थ्य सेवामा खटिने गरेकी छन ।
सुत्केरी पछिको पिएनसी चेकजाच, शिशुको बृद्धि बिकास भएको छ कि छैन भनेर कुपोषण चेकजाच र गर्भवती महिलालाई सुरक्षित सुत्केरीका लागि सुझाव सल्लाह लगायत कामको निम्ति अनमि सरिता प्रत्येक घर दैलोमै पुगेर सेवा दिने गरेकी छन ।
मानव अधिकार तथा वातावरण बिकास केन्द्र हेरेण्डेक र ब्याकटु लाईफको आर्थिक सहयोगमा निर्माण गरिएको मुगुको कालै बर्थिङ सेन्टरमा कार्यरत उनी गर्भवती तथा सुत्केरी आमा र शिशुको चेकजा“च जस्ता कार्यमा निरन्तर जुटेकी छन ।
भौगोलिक विकट र यातायातको पहुँच नभएको दुर्गम बस्तीमा उनलाई सुत्केरीलाई सेवा दिन त्यति सहज नभए पनि साथीहरु संग परामर्श र समस्याको समाधन गर्दै उनी दुर्गमका जोखिम गर्भवती महिलाको ज्यान बचाउन खटिएकी छन ।
हिमाली दुर्गम क्षेत्रमा भरपर्दो प्रसुती सेवा अभावले अकालमा ज्यान गुमाउन बाध्य भएका सुत्केरी महिलालाई संस्थाको सहयोग र सरिताको सेवाले ज्यान सुरक्षित बनेको छ ।
साधन श्रोत र जनशक्ति अभावका बाबजुद उनी त्यस क्षेत्रका गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुती सेवा प्रदान गर्न अहोरात्र खटिरहिन । जागिरको सवाल भन्दा पनि आमा र बच्चाको ज्यान बचाउन गरेको कार्य प्रति त्यहा“का महिलाहरुले सरितालाई प्रशंसा गर्ने गरेका छन ।
सेवामा कार्यरत ६ बर्षको अवधिमा सरिताले जिमा, सिप बर्थिङ सेन्टरमा ४ सय ६९ जना महिलालाई सुरक्षित सुत्केरी गराएकी छन त्यसै गरि १२ सय जना गर्भवतीको स्वास्थ्य चेकजाच गरेकी छिन सिमित प्रसुती गृहमा सेवा लिन आएका गर्भवती महिला मात्र नभएर बिकट गाउ“बस्तीमा पुगेर सरिताले महिलाहरुलाई प्रसुती सेवा बारेमा जनचेतना अभिबृद्धि कार्यमा उनको योगदान रहेको छ ।
गाउ“मै सुरक्षित सुत्केरी हुन पाउदा महिलाहरु उनी प्रति निकै खुशी छन । पहिले त्यहा“ प्रसुती सेवा केन्द्र नहुदा गर्भवती महिलालाई कि त घरमै असुरक्षित सुत्केरी हुनु पर्ने कि त एक दिन टाढा जिल्ला अस्पताल ठिनी पुग्नु पर्ने अबस्था थियो ।
सिप बर्थिङ सेन्टर बाट कालै बर्थिङ सेन्टरमा आए देखि उनले १० जना महिलालाई सुत्केरी गराइ सकेकी छन । पहिले करिव ७५ प्रतिशत भन्दा बढी महिला असुक्षित घरमै सुत्केरी हुने गर्थे अहिले सबै गर्भवती महिला बर्थिङ सेन्टरमा आएर सुक्षित सुत्केरी हुने गरेको सरिताको भनाई छ । अहिले प्राय घरमा सुत्केरी हुने महिला छैनन उनले भनिन सबै बर्थिङमै आउछन ।