सोमवार, बैशाख २८, २०८३
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • राजनीति
  • नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय भेला प्रारम्भ

नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय भेला प्रारम्भ

  • सोमवार, बैशाख २८, २०८३
नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय भेला प्रारम्भ

सुर्खेत —नेपाली कांंग्रेसको कर्णाली प्रदेशस्तरीय भेला आज बाट सुरु भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको भेला आज देखि बीरेन्द्रनगर सुर्खेतमा प्रारम्भ भएको नेपाली कांग्रेसले जनाएको छ । उत्त, प्रदेशस्तरीय भेलामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारीहरु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम मुगु लगायत दश वटै जिल्लाका सभापति, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य, कार्यकर्ताहरु सहभागीता रहेको छ ।

भेलालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टीका आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित हुने छ । उक्त भेला मंगलबार सम्म चल्ने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन पछिको कांग्रेसले प्रदेशस्तरीय भेलाको आयोजना गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार