मुगु —कर्णाली छोरी सम्मेलनको दोेस्रो संस्करण शनिबार देखि सुरु हुदैछ । श्री ज्योति फाउन्डेशनको आयोजनामा बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार र मानव बेचबिखन लगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्य सहित कर्णाली छोरी सम्मेलन–२०८३ को दोस्रो संस्करण आयोजना गर्न लागिएको फाउन्डेशनकी अध्यक्ष ज्योति कटुवालले बताइन ।
शुक्रबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ज्योति कटुवालले कार्यक्रमको सम्पूर्ण तयारी तयार पुरा भएको जानकारी गराइन । राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सहभागी गरी करिब २५० भन्दा बढीको सहभागी रहने अध्यक्ष कटुवालको भनाई छ ।
सम्मेलनको मुख्य उद्देश्य लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित उनका अनुसार महिनावारी र छाउपडीजस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट प्राप्त निष्कर्षलाई तीन तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गर्नु रहेको छ । फाउन्डेसनले यसअघि २०८२ वैशाख २७ देखि २९ गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो ।