मुगु—जिल्लाको सोरु गाउँँपालिकामा क्याम्पस नहुँदा बिधार्थीलाई स्नात्तकतह अध्यायन गर्न समस्या परेको छ । भौगोलिक बिकटता र कम साक्षरतादर भएको सोरु गाउँपालिकामा अहिले सम्म कुनै निकाय बाट बहुमुखी क्याम्पस संचालनमा पहल कदम नगर्दा उच्च शिक्षा पढन बिधार्थीहरु बाहिर जानु पर्ने बाध्यता छ । खत्याड गाउँपालिकामा महादेश चर्तुदेब क्याम्पस छायाँनाथ रारा नगरपालिकामा रारा बहुमुखी क्याम्पस स्थापना हुदा बिधार्थीहरु स्नात्तकतह पढन सहज भएको छ भने सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा क्याम्पस नहुँदा बिधार्थीलाई उच्च शिक्षा पढन गाह्रो भएको छ ।
सोरु गाउँपालिकामा क्याम्पस नहुँदा बिधार्थीहरु उच्च शिक्षा पढन बाहिर जानु परेको सोरु गाउँपालिका–२ जडेपानी गाउँका मेलबहादुर शाहीको भनाई छ । आर्थिक श्रोत अभाव भएका परिवारले आफना छोराछोरीलाई उच्च शिक्षा पढाउन बाहिर पढाउन नसक्ने उनले बताए । स्नात्तक पढन सोरु गाउँपालिका भित्रका बिधार्थीहरु कोही गमगढी रारा बहुमुखी क्याम्पसमा कोही खत्याड चर्तुदेब क्याम्पस कोही जुम्ला, सुर्खेत नेपालगञ्ज, काठमाडौ तर्फ पलायन हुने गरेका छन । जिल्ला बाहिर गएर उच्च शिक्षा पढन एक जना बिधार्थीलाई न्यूनत्तम ३ लाख भन्दा बढी खर्च हुने गरेको छ ।
सोरु गाउँपालिकामा एउटा बहुमुखी क्याम्पस अनिबार्य छ जनज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक सुवास रावलले बताए । उनी भन्छन बाहिर जान नसकेर अधिकास बिधार्थीले पलसटु पास गरेर पढाई छोडने गरेका छन । सोरु गाउँपालिका भित्र क्याम्पस स्थापनाको निम्ति सांसद देखि पालिका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्ष ज्यूहरुले पहल गर्नु पर्ने आबश्यक देखिएको प्रधाध्यापक रावलले जानकारी गराए ।
छायाँनाथ रारा नगरपालिका र खत्याडमा पालिकास्तरीय नमुना माध्यमिक बिद्यालय तथा मुगुम कार्मारोङ गाउँपालिकामा आवासिय बिद्यालय संचालनले गर्दा शैक्षिकस्तर सुधार हुदै गएको छ भने सोरुमा नत क्याम्पस नत नमुना माध्यमिक बिद्यालय हुदा शैक्षिकस्तर कमजोर छ ।