मुगु–नेपाली सेनाले आयोजना गरेको चौथो रारा ट्रेल रन प्रतियोगितको उपाधी राज्यलक्ष्मी रावल र अक्कल बडुवालले जितेका छन ।
नेपाली सेनाले आयोजना गर्दै आएको ट्रेल रनको चौथो पटकको लागि नेपाल कै ठूलो ताल रारा ताल वरिपरि रहेकोे १६ किलोमीटर क्षेत्रमा धावकहरुलाइ प्रतिस्प्रधा गराइएको थियोे ।
यो वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हमुमान ध्वज गुल्म रारा रहेको छ । शुक्रबार विहान सन्चालन भएको रारा ट्रेल रनमा महिला र पुरुष गरि १९४ जना खेलाडीले सहभागिता जनाएका थिए ।सहभागी पुरुष १६९ मध्य छायानाथ रारा नगरपालि( १४ वाम गाउका अक्कल बढुवाल९१७० ले निर्धारित १६ किमि दुरि १ घण्टा २ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम भएका छ्न । कनकासुन्दरी गाउपालिका (३ का सेर बहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्डमा पार गर्दै दृतिय र कनकासुन्दरी २ जुम्ला कै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तृतिय स्थान प्राप्त गरेका थिए ।यस्तै महिला सहभागी ३५ जना मध्य गोठिचौर गाउपालिका(३ गज्याङ्गकोट गाउकी राज्य लक्ष्मी रावल ९१९० ले निर्धारित १६ किलोमिटरको दुरि १ घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गर्दै प्रथम भएकी छ्न ।पातारासी गाउपस्लिका २ जुम्ला पेरा गाउँकि कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड लगाएर दोस्रो र जुम्ला जिल्ला समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ट लगाएर तेस्रो स्थान हात पारेका छन ।