काठमाडौं—दुर्गम भेगका बाहुन ब्रहमण जातिले छोरालाई गुरुकुल पाठशालामा भर्ना गरेर गुरुकुल शिक्षा पढाउने र छोरीलाई सरकारी स्कुलमा पढाउने चलन छ ।
छोरालाई गुरुकुल पढाउन जिल्ला बाहिर लिएर धेरै रकम खर्चिने गरेका छन भने छोरीलाई गाउँकै स्कुलमा जेनतेन पढाएर बिहेबारी गरिने चलन छ ,। ब्रहमण कुल जातिकी छोरीहरु पनि गुरुकुल शिक्षा बाट बञ्चित छन ।
छोरालाई गुरुकुल शिक्षा पढाएर कर्मकाण्डतिर लगाउने गरेका छन भने छोरीलाई सामुदायिक बिद्यालयमा पढाउने गरेका छन । छोरीलाई गुरुकुल शिक्षा नपढाउने र सरकारी स्कुलमा पढाउने गरेको जिमा गाउँका धन प्रसाद भट्ट बताउछन सामुदायिक बिद्यालयमा बाहुन जातिका छोरी मात्र देखिने र छोरी गुरुकुल पढाउन जिल्ला बाहिर लैजाने बिजय माबि कालैका बीरबहादुर बमको भनाई छ ।
दुर्गम भेगमा बाहुन जातिका छोरीले धार्मिक कर्मकाण्डमा सरिक भएर कामकाज गरेको प्राय देखिदैन उनले बताए । बाहुन जातिका छोरीहरु पनि कलिलो उमेरमै बिबाह बन्धन बाँधिने गरेको पाइएको छ ।