मुगु–जिल्लामा गर्मी बढेपछि सामुदायिक बिद्यालयमा बिहान कक्षा संचालन गरिएको छ ।
छाया“नाथ रारा नगरपालिका, खत्याड गाउ“पालिका र सोरु गाउ“पालिका भरिका सामुदायिक बिद्यालयमा बिहान ६ बजे देखि ११ बजे सम्म पढाई संचालन गरिएको छ । अत्याधिक गर्मी बढेपछि सामुदायिक बिद्यालयमा बिहान कक्षा सुरु गरिएको खत्याड गाउ“पालिकाकी उपाध्यक्ष सरिता रोकायाले बताइन । गर्मीले शिक्षकलाई पढाउन र बिधार्थीलाई पढन गाह्रो भएपछि बिहान कक्षा संचालन गराइएको उनको भनाई छ ।गर्मीले बिधार्थी बेहोस भई बिरामी हुन थालेपछि बाध्य भएर बिहान पढाई थालनी गर्नु पर्ने अबस्था उत्पन्न भएको शिक्षकको भनाई छ तातो हावा संगै गर्मी बढेर छात्राछात्रहरु बेहोस भई बिरामी हुन थालेपछि बिहान ६ बजे बाट पढाई सुरु गर्नु परेको सोरु गाउ“पालिका स्थित धैनकोट जगममाला माध्यमिक बिद्यालयका प्रधानध्यापक नरजंग मल्लले बताए ।्हिमालमा पनि तराई जस्तै गर्मीले जनजीवन प्रभाव पार्न थालेको उनको भनाई छ । यो पटक हिमपात र बर्षा नहु“दा हिमाली जिल्ला मुगुमा पनि अत्याधिक गर्मी बढेको छ ।