काठमाडौ — कर्णाली सरकारले आगामी आर्थिक वर्ष ०८१र०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको छ ।शनिबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको बजेटमा पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९।७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४।१२ प्रतिशत बजेट ल्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।