मुगु—जिल्लाको उत्कृष्ट पर्यटकिय गन्त्ब्य रारामा १३ हजार २६ जना पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
निकुञ्ज कार्यालयका सुचना अधिकारी तथा रेन्जर जयहरि धितालका अनुसार गत साउन देखि जेठ अन्तिम सम्म बिदेशी २ सय १० जना सार्क मुलुकका ५३ जना र नेपाली अँन्तरिक पर्यटक १२ हजार ७ सय ६३ जना गरि कुल १३ हजार २६ जना पर्यटकले रारा भ्रमण गरेका छन ।
गत बर्ष रारा भ्रमण गर्ने पर्यटकको संख्या करिव ११ हजार रहेको र यो बर्ष बृद्धि भएर १३ पुगेको निकुञ्जले जनाएको छ । सडक र हवाई यातायात सहज हुदै जान थालेपछि रारा घुम्ने पर्यटकको संख्यामा बढदै जान थालेको छ । पछिल्लो पटक अधिकांस अँन्तरिक पर्यटक कर्णाली राजमार्ग हुदै दैलेख, कालिकोट, जुम्ला सिंजा क्षेत्र अबलोकन गर्दै रारा पुग्ने गरेका छन । हवाई मार्ग भन्दा राजमार्ग बाट पर्यटक रारा आउन रमाउने गरेका छन ।