मुगु—जिल्ला स्थित मुगुम कार्मारोङ गाउ“पालिका—३ का नोर्बेल तामाङलाई यो पटक यार्चा टिपेर पैसा कामाउने धोको अधुरै रह्यो ।गत बर्ष यार्चा बाट डेढ लाख पैसा कमाउन सफल भएका उनी यो पटक खर्च उठाउन नसक्दा निरास देखिएका छज । सातुसमाल सहित खल्तीमा ७ हजार नगद बोकेर गत जेठ १७ गते पाटन उक्लिएका तामाङ खडेरी यार्चा नपाए पछि रित्तै घर फर्किन बाध्य भएका छन ।यो पटक खडेरीले यार्चाको अनिकाल भयो तामाङले भने हिउदमा हिमपात नहु“दा पाटनमा यार्चा उम्रिएन छ । गत बर्ष धेरै हिउ“ पर्दा यार्चाको सुबिकाल भयो धेरै यार्चा टिप्न सफल भइयो डेढ लाख कमाइयो उनले भने यो पटक खर्च पनि उठेन ।
यार्चा क्षेत्रमा बाक्लो हिउ“ हुने र संकलककर्ता हिउ“ पन्छाउदै यार्चा टिप्ने गर्थे भने अहिले खडेरीले सुक्खा भएपछि यार्चा उत्पादनमा न्यून भएको देखिएको छ ।
पालिकालाई प्रति २ हजार प्रबेश शुल्क तिरेर पाटनमा यार्चा टिप्न जाने संकलकहरु यो पटक रित्तै फर्किन बाध्य भएका छन । हिउदमा हिमपात नहु“दा पाटन क्षेत्रमा खडेरीले यार्चाको अनिकाल भएको छ । गत बर्ष जस्तो यो पटक पाटनमा यार्चा छैन माग्री गाउ“का तेन्जिङ तामाङले दिनभरी खोज्यो भने तीन चार मात्र पाइने गरेपछि धेरै दुःख भएपछि घर फर्कियौ । यार्चा टिपेर जीवन निर्बाह गर्दै आएका मुगुम कार्मारोङ गाउ“पालिकाका स्थानीय पो पटक चिन्तित भएका छन ।
करिव डेढ महिना सम्म पाटनमै यार्चा टिप्ने संकलककर्ता यो पटक खडेरीले यार्चा नपाइए पछि एक महिना नपुग्दा घर फर्किएका छन । अहिले खडेरीले गर्दा यार्चाको सुबिकाल भएन अनिकाल भयो मुगुम कार्मारोङ गाउ“पालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । पाटनमा यार्चा नपाएपछि संकलकर्ता रित्तै घर फर्किए । अध्यक्षले भने यो पटक पाटन करिव ४ हजार स्थानीय यार्चा टिप्न पाटन गएको र अधिकांसले नपाएरै खाली हात फर्किएका छन । हिमपात र बर्ष नभए पनि पाटनमा यार्चाको सुबिकाल नहु“ने उनले सुनाए । यो पटक यार्चा संकलन गर्न जाने ५ जना संकलकर्ताले लेक लागेर ज्यान गुमाएका छन । मुगुम कार्मारोङ गाउ“पालिकाले यो पटक यार्चा बाट ६९ लाख राजश्व उठाएको छ ।