सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • फाेटाे ग्यालरी
  • सूर्यउदयसंगै देखिएको रारा मनोमहक दृष्य

सूर्यउदयसंगै देखिएको रारा मनोमहक दृष्य

  • शनिबार, पुस ६, २०८१
सूर्यउदयसंगै देखिएको रारा मनोमहक दृष्य

मुगु —स्वर्गीय राजा महेन्द्र बीर बिक्रम शाहले रारालाई स्वर्गकी अप्सरा संग तुलना गर्दै कविता लेखेका छन ।राराको मोहनी रुपले गर्दा उनको मन पग्लिएर रारालाई स्वर्गकी अप्सरा सित तुलना गरेका हुन । मौसम खुले संगै राराको रुप लोभ लाग्दो देखिएको छ । वरिवरि हरियाली जंगल बीचमा निलो ताल र माथि हिमालमा हिउँको घेराले राराको रुप चम्किएको छ । राराले बिहान दिउसो मध्यान्ह र साँझ गरि चार पटक राराले रुप फेर्ने गरेको छ । आकास फुलेको बेला बिहानीको मौसममा रारा असाध्य मनमोहक देखिने गरेको छ हिजोआज राराको किनार वरपर लालीगुराँस फुल फुलेर झन सुन्दर देखिने गरेको छ ।रारा लालीगुराँस संग बिभिन्न प्रजातिका फुल फुल्न थालेका छन । प्राकृति सुन्दरताले भरिपूर्ण रारामा बिभिन्न प्रजातिका चराहरुको आवाज पनि सुनिने गरेको छ ।चिसो मौसमा ताल भन्दा करिव १८ सय मिटर तल गहिराइमा गएका असला माछा पनि हिजोआज तालको छेउछाउमा आएर पर्यटकलाई जिस्क्याउने गरेका छन । तालको किनारै किनारमा असला माछाको बाक्लो समुह देखिन थालेपछि पर्यटकहरु  रमाउनेगरेका छन । राराको बन जंगल भित्र लेकाली काँफल र गुच्ची च्याउ टिप्न गाउँबस्ती बाट स्थानीय आउने गरेका छन ।समुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा रहेको रारा घुम्न मौसम यति बेला उपयुक्त छन । रारा आउने हवाई र सडक गरि दुई वटा मार्ग छन ।

चर्चामा

सम्बन्धित समाचार