शुक्रबार, बैशाख ४, २०८३
शुक्रबार, बैशाख ४, २०८३
  • होमपेज
  • समाचार
  • कर्णालीका गाउँ-बस्तीमा चुनावी चहलपहल बढदै

कर्णालीका गाउँ-बस्तीमा चुनावी चहलपहल बढदै

  • शनिबार, फाल्गुन ९, २०८२
कर्णालीका  गाउँ-बस्तीमा चुनावी चहलपहल बढदै

सुर्खेत —आगामी फागुन २१ गतेको निर्वाचन नजिकीदै गर्दा  कर्णालीका दुर्गम गाउ बस्तीमा चुनावी चहलपहल बढेको छ । काँग्रेस,एमाले, नेपाली कम्यूनिष्ट पार्टी, रास्वपा, राप्रपा, नेकपा  माओबादी लगायत  दलका उम्मेदवार भोट माग्न घर आगन पुग्न थालेपछि  कर्णालीका  गाउ बस्तीमा चुवानी माहोल तातेको छ ।

हुम्ला, मुगु, डोल्पा, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम, दैलेख, सुर्खेत लगायत जिल्लाको दुर्गम बस्तीमा चुनावी माहोल बढेको छ । राजनीतिक दलका उम्मेदवारहरु भोट माग्न प्रत्येक घर दैलोमा पुग्न थालेका छन । निर्बाचनलाई लक्षित गरि पार्टीका भातृ संगठनका प्रतिनिधिहरु मतदातालाई भेटन प्रत्येक गाउँ बस्ती घर आँगनमा पुगेका छन । भोट माग्न घरदैलोमा पुगेका उम्मेदवारले आफना चुनावी घोषणा पत्र बाडने गरेका छन ।

प्रत्येक गाउँबस्तीमा राजनीतिक दलका झण्डाहरु फरफराउन थालेका छन । चुनाव आएपछि राजनीतिक दलका नेताहरु घर आँगनमा भेटन आउन थालेको  मुगु छायाँनाथ रारा नगरपालिकाका धर्मसिह कामीले बताए । पार्टी भन्दा पनि बिकास प्रेमीलाई भोट हाल्नु पर्छ भन्ने गाउँ बस्तीमा बहसको बिषय हुन थालेको छ । अघिल्लो पटक भोट हालेर जिताएका प्रतिनिधिहरुले के कस्ता राम्रा र नराम्रा काम गरे बारेमा पनि गाउँबस्तीका स्थानीयले टिकाटिप्पणी गर्न थालेका छन ।

चर्चामा

सम्बन्धित समाचार