आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • कर्णाली प्रदेश
  • चराको रोजाईमा रारा

चराको रोजाईमा रारा

  • शनिबार, पुस ६, २०८१
चराको रोजाईमा रारा

मुगु—कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकिय गन्त्ब्य रारा चराहरुको रोजाईमा पर्ने गरेको छआन्तरिक पर्यटकको रोजाइमा रोजाइमा रारा पर्ने गरेको छ भने त्यसरी नै बिभिन्न प्रजातिका चराहरुको रोजाईमा पनि रारा पर्ने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी गराएको छ ।साइबेरिया, मानसरोवर भारत नैनिताल लगायत क्षेत्र बाट जाडो छल्न चराहरु रारा आउने गरेका छन । जिल्ला भित्रका चराहरु पनि हिउदे मौसममा रारा जाने गरेका छनगत बर्षको चरा गणनाको बिबरण अनुसार मरुल चरा १ सय ७८ वटा, कालीजुरे हाँस ८१ वटा, हरियो टाउके हाँस, १ वटा, खोया हाँस ३ वटा, सुनजुरे हाँस १ सय १७ वटा, सिउरे डुबुल्की चरा, १२ वटा गरि कुल ३ सय ९२ वटा साइबेरियन चराहरु जाडो छल्न रारा आएको निकुञ्ज संरक्षण अधिकृत घिमिरेले जानकारी दिए । उनले भने प्राकृति सुन्दरताले भरिपूर्ण रारा आन्तरिक पर्यटक देखि चराहरुको रोजाइमा पर्ने गरेको छ ।गत मंसिर दोश्रो साता देखि पंखथोल्ले तितु, कालोमुन्ठे चाचर नयाँ प्रजातिका चरा निकुञ्जमा देखा परेको र कमकुट, वाटरफल्व, टपटेक, लिटिलक्रिट, ग्रिट, म्यासेन्जर, खोयाहाँस, चखेवा, करयाङकुरुङ लगायत बिदेश चराहरु जाडो छल्न रारामा आएका छन ।

चर्चामा

सम्बन्धित समाचार