काठमाडौ—हिमाली जिल्ला हुम्लामा यो बर्षकै दोश्रो पटक हिमपात भएको छ । सोमबार देखि मौसममा बदलिई भई गएरातिबाट हुम्लामा हिमपात भएको छ । हिमपातले वन क्षेत्र रुख सेताम्य भएका भएका छन । हिमपातले गर्दा अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातले गर्दा हवाई सेवा समेत अबरुद्ध भएको छ । अत्याधिक चिसो बढेपछि स्थानीय सर्बसाधारण कर्मचारी आगो हिटर बालेर कामकाज गर्न बाध्य भएका छन । हिमपात संगै चिसोले जनजीवन प्रभावित बनाए पनि किसान भने खुशी भएका छन । हिमपातले अन्नबाली फलफुलको सुबिकाल हुने आसाले किसान खुशी देखिएको कृषि बिकास कार्यालयले जनाएको छ ।