
काठमाडौ—मुगु जिल्ला स्थित मुगुम कार्मारोङ गाउपालिका—२ मुगु गाउका स्थानीयले पालेको झोवा चौरीहरु अज्ञात रोगले वन क्षेत्रमै धमाधम मर्न थालेका छन । मुख र नाक बाट रयाल आउने दिसामा रगत देखिने श्वासप्रश्वास जस्ता रोगको लक्ष्यणका कारण करिव ६० देखि ७० चौरी मरेको मुगुम कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनु भयो ।
मुगु गाउका स्थानीयले छापाखोला भन्ने स्थानमा चौरी चराउन लगाएको र उक्त स्थानमा अज्ञात रोग फैलिदा एक दिनमा एक दर्जन चौरी मर्ने गरेको अध्यक्षको भनाई छ ।अघिल्लो बर्षमा तिब्बतमा यस्तै रोगले चौरी मरेको भन्ने खबर सुनेका थियौ अध्यक्ष लामाले भने त्यस्तै रोगमा मुगु देखा परेर चौरी मर्न थाले । एक चौरीको मुल्य ८० देखि एक लाख सम्म पर्ने भएकोले स्थानीयको ठूलो क्षेति भएको अध्यक्षले जानकारी गराए । अज्ञात रोग बाट चौरी मरेर सिद्धिन थालेपछि मुगु गाउ“का स्थानीय चिन्तित भएका छन ।मुगु गाउका करिव १ सय २० घरपरिवार चौरी पाल्ने मुख्य पेसा हो । एक घरमा न्यूनतम ५ चौरी देखि ४० चौरी रहेका छन ।
धमाधम चौरी मर्न थालेपछि कार्मारोङ गाउपालिको पहिलो पटक पशु चिकित्सक टोली खटाएको भएपनि रोग पत्ता नलगाएरै फर्किएको छ ।दोश्रो पटक पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भीमचन्द बुढा सहितको ७ जनाको पशु चिकित्सक टोली औषधि सहित पठाइएको गाउपालिकाका अध्यक्षको भनाई छ । हिमपातका कारण पशु चिकित्सक टोलीलाई पनि चौरी मरेको स्थानमा पुग्न कठिनाई भएको छ ।