मुगु— जिल्लाको एक मात्र छायानाथ नगरपालिकाको रोवा, चराप, झाकोट, पिना, झयारी, कार्कीबाडा, भामबाडा, रुघा, थार्प लगायत ८७ वटा गाउँ मध्ये ८५ गाउँमा सडक सुबिधा पुगेपछि स्थानीयलाई गमगढी बजारमा किनमेल गर्न आउन र खेतबारीको उत्पादन बेच्न सहज बनेको छ ।औषधि उपचारको लागि बिरामीलाई अस्पताल लैजान र ल्याउन सुबिधा भएको छ ।
पहिले सडक सुबिधा नहुँदा बिरामी बोकेर अस्पताल लैजान गर्थे भने अचेल घरको ढोकामै एम्बुलेन्स पु¥याएर बिरामी अस्पताल लैजाने गरेको भएको छ ।नगरपालिकाको कम्फा, तिर्प, सुम्ली, मुर्मा र सालिम गाउँमा भने सडक पुग्न बाँकी छन । सुम्ली र मुर्मा गाउँमा गाडी पुग्न अझै समय लाग्ने देखिएको छ । पर्यटकिय गन्त्ब्य रारा ताल नजिकै रहेको करिव ६५ घरधुरीका स्थानीयको गाडी चढने सपना अधुरै छ ।रारा निकुञ्जले गर्दा मुर्मा गाउँमा सडक लैजान बाधा उत्पन्न भएपछि स्थानीय सडक सुबिधा बाट बञ्चित हुनु पर्ने अबस्था आएको छ । गाउँको सडक रारा छेक्यो मुर्मा गाउँका देबिसिह रोकायाले भने नगरको सबै बस्तीमा गाडी पुगि सक्यो मुर्मा पुग्नेवाला छैनरोवा, झाकोट, तल्ललेख गाउँमा सडक पुगेपछि त्यहाँ महिला पुरुष युवाहरु जीप मोटर चढेर गमगढी बजार पुग्ने समान खाद्य बस्तु किनेर फर्किने गरेका छन ।मुगु हुम्ला लिङ्क रोड खन्ने क्रममा मुगु एक दर्जन बस्ती सडकमा जोडिए पछि स्थानीयलाई बजार क्षेत्रमा आउजाउ गर्न दैनिक उपभोग्य समान किन्न र उत्पादन बजार सम्म लैजान सजिलो भएको छ
।नगरको बाम गाउँमा सडक पुगेपछि स्याउले मुल्य पाएको वडानं १३ का वडाअध्यक्ष चक्र रावतले बताए । पूर्बाधार बिकास कार्यालय रुघा गाउँ देखि तिर्प गाउँ सम्मको सडक निर्माण गरेपछि स्थानीयलाई गमगढी बजार आउजाउ गर्न सहज भएको वडाअध्यक्षको भनाई छ ।