सोमवार, पुस २२, २०८१
सोमवार, पुस २२, २०८१
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली क्षेत्र जडिबुटीको समृद्ध छ, : वनमन्त्री शाही

कर्णाली क्षेत्र जडिबुटीको समृद्ध छ, : वनमन्त्री शाही

  • बिहिबार, पुस १८, २०८१
कर्णाली क्षेत्र जडिबुटीको समृद्ध छ, : वनमन्त्री शाही

काठमाडौ—नेपाल सरकारका वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णाली क्षेत्र जडिबुटीको समृद्धि भएको बताउनु भएको छ । बुधबार जाजरकोट रातामाटामा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको उदघाटन गर्नु हुदै मन्त्री शाहीले कर्णाली क्षेत्रमा बिभिन्न प्रकारका बहुमुल्य जडिबुटी उत्पादन हुने भएकोले उक्त क्षेत्रलाई जडिबुटीको समृद्धि मानिने बताउनु भएको हो प्रशोधन केन्द्र स्थापना गरि बाहिर निर्यात हुने जडिबुटी रोक्ने प्रयास भइरहेको मन्त्रीको भनाई छ । जाजरकोट रातामाटामा स्थापना गरिएको जडिबुटी प्रशोधन केन्द्रले स्थानीय रोजगार बृद्धि हुने मन्त्रीले भने बन क्षेत्रमा उत्पादन हुने जडिबुटी संकलनकर्तालाई बिक्री गर्नु सहज हुने आसा गरिएको छ ।

कर्णाली क्षेत्रमा यार्सा, भोल्ते, कटुकी, वन लसुन, गुच्ची, च्याउ जस्ता बहुमुल्य जडिबुटी प्रसस्त मात्रमा पाइने मन्त्रीले भने त्यसको उचित ब्याबस्थापन गरि स्थानीयलाई लाभ हुने खालका कार्य गर्न सरकार तयार छ । कर्णाली उत्पादन हुने जडिबुटी कौडीको भाउमा बाहिर निर्यात हुने र त्यस बाट बनेको औषधि कर्णालीबासीले मह“गो मुल्यमा किनेर सेवन गर्नु पर्ने परिस्थिति रहेको मन्त्रीको भनाई छ ।
अफर कर्णालीमा प्रशोधन केन्द्र
अफर कर्णाली क्षेत्रमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने सोच रहेको मन्त्रीको भनाई छ । माथिल्लो कर्णाली क्षेत्र अथाह जडिबुटी उत्पादन हुने भएको त्यस क्षेत्रमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सोच राखिएको मन्त्रीले बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार