
मुगु—पर्यटकिय गन्त्ब्य रारा तालको छेउमै रहेको डाफे होटलमा गएराति आगलागी भएको छ ।अवस्थित एक होटलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् ।आगोबाट काठै काठको संरचनाले बनेको उक्त होटलमा आगलागी हुदा ४ वटा भवन जलेर ध्वस्तै भएको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ । डाफे होटलमा आगलागी हुदा ४ वटा भवन जलेर खरानी भएको रारा राष्टिय निकुञ्ज कार्यालयमा रेन्जर पुरनदेव मिश्रले बताउनु भयो । आगो कसरी लाग्यो भन्ने एकिन थाहा नभएको र भान्सा कोठा बाट आगो लाग्यो भन्ने सुनिएको उनको भनाई छ ।नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आगो नियन्त्रणमा लिएका छन । होटलमा आगो लागेको भन्ने जानकारी प्राप्त हुनासाथ सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना सुरक्षाकर्मीको रारा पुगेको थिए । आगलागी बाट कुनै मानविय क्षेति नभएको र होटलका सबै संरचना मालसमान जलेर खरानी भएको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेयले जानकारी गराउनु भयो ।