
मुगु—कर्णाली प्रदेश अन्त्र्रगत हिमाली जिल्ला मुगुको दुर्गम सोरु गाउँपालिकाको ईलाका प्रशासन कार्यालय बाट राष्ट्रिय परिचय पत्र सेवा बितरण कार्य प्रारम्भ गरिएको छनेपाल सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरे यता सामाजिक सुरक्षा भत्तासंग संलग्न सेवाग्राहीहरुलाई सोरु गाउँपालिका बाट गमगढी आउन निकै दुःख कष्ट हुने हुने गरेको थियो ।यहा“को इलाका प्रशासन कार्यालय बाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भए दुई दर्जन भन्दा बढी स्थानीयले सेवाग्राहीहरुले सेवा लिई सकेको ईलाका प्रशासन कार्यालय प्रमुख भिम बहादुर सेजुवालले बताउनु भयो ।सोरु गाउँपालिकामा राष्ट्रिय परिचयपत्र सेवा सुचारु भएपछि पालिका भित्रका १ देखि ११ वडाका स्थानीयलाई सहज र सुबिधा भएको पालिका अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ । स्थानीयको दुःख कष्टलाई मध्येनजर गरि सोरु इलाका प्रशासन कार्यालय बाट राष्टिय परिचय पत्र बितरणको लागि गृहमन्त्रालय देखि जिल्ला प्रशासन कार्यालय सित पहल गरि सेवा प्रारम्भ गरिएको उपाध्यक्ष केशरबहादुर शाहीलृे जानकारी दिए । सोरु इलाका प्रशासन कार्यालय बाट नेपाली नागरिकता संगै राष्ट्रिय परिचय पत्र पनि बितरण सुरु भएपछि सेवाग्राही खुशी भएका छन । मुगु जिल्लाको खत्याड गाउपालिकामा इलाका प्रशासन कार्यालय नहुदा स्थानीयलाई नागरिकता राष्टिय परिचय पत्र बनाउन जिल्ला सदरमुकाम गमगढी आउनु पर्ने बाध्यता छ । खत्याड गाउपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको निम्ति पहल कदम अघि बढाइएको छ ।