मङ्लबार, बैशाख १६, २०८२
मङ्लबार, बैशाख १६, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • गर्मी छल्न लेकतिर उक्लिदै भेडा

गर्मी छल्न लेकतिर उक्लिदै भेडा

  • सोमवार, बैशाख ८, २०८२
गर्मी छल्न लेकतिर उक्लिदै भेडा

मुगु–गर्मी मौसम सुरु भएपछि भेडाका बथानहरु लेकाली तिर उक्लिन थालेका छन । स्थानीयले जाडो मौसममा बेशी झारेका भेडाहरु हिजोआज गर्मी छल्न चिसो लेकाली खर्कतिर लैजान थालेका छन ।गर्मीमा भेडाहरु बस्न नसक्ने र घामले रोगहरु लाग्ने भएकोले भेडापालक स्थानीयले बैशाख देखि उच्च लेकाली खर्कतिर लैजाने र असोज कार्तिकमा गाउँ ओराल्ने गरेका छन ।करिव ६ देखि ७ महिना सम्म भेडाहरु लेकाली खर्क ढुंङ्गे ओढारमा राख्ने गरेका् छायाँनाथ रारा नगरपालिका मुर्मा गाउँकी कुसा रोकायाले बताइन ।

गर्मीले गर्दा भेडालाई रोग लाग्ने भएको चिसो खर्कमा लैजानु परेको उनको भनाई छ ।मुगुको जिल्लाको मुर्मा, मुन्दु, पिना, कोटिला, घटलेख, झयारी, बाम, सोरुकोट, खमाले, नार्थपु, कालै, धैनकोट लगायत लेकाली बस्तीका स्थानीयले भेडा पालन गर्ने चलन छ । अधिकास स्थानीयले भेडापालन लाई मुख्य आम्दानीको श्रोतको रुपमा लिएका छन । भेडा बेचेर पैसा पनि कमाउने उन बाट राडीपाखी बुनेर पैसा आर्जन गर्न सक्ने स्थानीयको भनाई छ । जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयको एक तथ्याङ्क अनुसार सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा भेडाको संख्या करिव ३१ हजार रहेको पाइएको छ ।प्रति भेडाको मुल्य अहिले १५ हजार देखि १६ हजार सम्म पर्ने गरेको छ । दश बर्ष अघि सम्म भेडाको मुल्य ९ हजार देखि १० हजार थियो भने अहिले बढेर १७ हजार सम्म पुगेको छ । समुद्री सतह देखि ३२ सय मिटर उचाइ देखि ४ हजार मिटरको उचाइको भुगोलमा भेडाले चरिचरन गर्ने गरेको छ । गर्मी भन्दा बढी चिसो मौसम भेडाले मन पराउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार