
मुगुु -हिमाली जिल्ला डोल्पामा जेठ ५ गते देखि बहुमुल्य जिवनबुटी यार्सागुम्बु संकलनको निम्ति स्थानीयलाई पाटन क्षेत्रमा अनुमति दिइने भएको छ ।जिल्ला सदरमुकाम दुनैमा सर्बपक्षिय बैठकको निर्णय अनुसार जेठ ५ गते बाट यार्सा संकलनको लागि अनुमति खुलाउने निर्णय गरिएको छ ।गरिवको मुख्य आयश्रोत मानिने यार्सा डोल्पाको डोल्पूबोध गाउपालिका, छार्काताङसुङ गाउ“पालिका, काइके गाउपालिका, जगदुल्ला गाउपालिका लगायत क्षेत्रको ३२ स्थानमा प्रयाप्त मात्रमा पाइने गरेको डिभिजन बन कार्यालयले जनाएको छत्रिपुरा सुन्दरी र ठूलीभेरी नरपालिकाको केही स्थानमा पनि कम मात्र यार्सा पाइने गरेको छ । पैसा कमाउने लोभले डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न बिभिन्न जिल्ला बाट हजारौ स्थानीय पाटन प्रबेश गर्ने गरेका छन ।